कम्पनीले ३ दशमलव ६८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट ३ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव कम्पनीले गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी रु. २३ करोड ३९ लाख ३३ हजार ७०० रहेको छ । सोही पुँजीको आधारमा कम्पनीले रु. ८१ लाख ८७ हजार ६७९ बराबरको बोनस शेयर र रु. ४ लाख ३० हजार ९३० बराबरको नगद लाभांश वितरण गर्ने प्र्रस्ताव गरेको हो ।
उक्त लाभांश प्रस्ताव सार्वजनिक गर्ने क्रममा धितोपत्र सूचीकरण विनियमावलीमा भएको व्यवस्थाबमोजिम नभएको भन्दै नेप्सेले पुस २८ गतेदेखि शेयर कारोबार रोक्का गरेको थियो । कम्पनीको शेयर कारोबार माघ ५ गतेदेखि सुचारु भएको छ ।
नेप्सेले कम्पनीको स्पष्टीकरणको आधारमा कारोबार फुकुवा गरेको हो । यो दिन कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ३५ ले घटेर अन्तिम मूल्य रु. १ हजार पुगेको छ ।
निष्कर्ष
कम्पनीको ५६ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६८ दशमलव ४४ बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।
कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ५८ दशमलव ७० बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि कम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्का देखि टाढिएको छ । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।
बुधबारको शेयर मूल्य रु. १ हजारदेखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ८८० मा टेवा पाउने र महँगिए रु. १ हजार ३५ मा प्रतिरोध पाउने देखिन्छ ।