ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्रीन डेभलपमेन्ट बैंक : कम्पनी विश्लेषण (बिहीवार, ८ माघ २०७७)

२०७७ माघ, ८  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई ४ दशमलव ८४५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २५५ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् । बुधबार बैंकको शेयर मूल्य ९ दशमलव ८८ प्रतिशत वृद्धि भएको छ । बैंकको शेयर मूल्य प्रतिकित्ता रु. १८९ पुगेको हो । बुधबार बैंकको ८३ हजार ३५२ कित्ता शेयर खरिद बिक्री भएको छ ।

निष्कर्ष
कम्पनीको ५८ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो क्लोजिङ मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य बढ्ने संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७४ दशमलव ५२ बिन्दुमा छ । यसले शेयर खरिद चाप बढी रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ७ दशमलव ४५ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि कम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कादेखि टाढिएको छ । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बुधबारको शेयर मूल्य रु. १८९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १७२ मा टेवा पाउने देखिन्छ । कम्पनीको यस दिनको मूल्य ५८ कारोबार दिनयताकै उच्च रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)