बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि बैंकले आगामी माघ १४ गते साधारणसभा बोलाएको हो । सभा आर्मी अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजे आयोजना गर्नेछ । पुस २८ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।
साधारणसभा र लाभांश प्रयोजनका लागि बैंकले पुस २९ देखि माघ १४ गतेसम्म बुक क्लोज मिति तय गरेको छ । बैंकले अघिल्लो वर्ष शेयरधनीलाई १२ दशमलव ७५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । बुधबार बैंकको शेयर मूल्य रु. २२५ कायम भएको छ । यस दिन बैंकको ४८ हजार ८९७ कित्ता शेयर खरिद बिक्री भएको छ ।
निष्कर्ष
कम्पनीको ५८ दिनको कारोबार अवधिको अन्तिम दिनमा सामान्य डोजी बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य अन्योलमा रहेको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४७ दशमलव ६१ बिन्दुमा छ । यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।
कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १ दशमलव ८५ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि कम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कादेखि टाढिएको छ । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ ।