ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्पोरेट डेभलपमेन्ट बैंक : कम्पनी विश्लेषण (सोमवार, १२ माघ २०७७)

२०७७ माघ, १२  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीले हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्न नियामक निकायमा पुस २६ गते निवेदन दिएको हो ।

बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रद शेयर निष्कासन गर्न सेबोनमा निवेदन दिएसँगै कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ ।

कम्पनीको शेयर मूल्य आइतबार रु. २५ ले बढेर प्रतिकित्ता रु. ५४७ पुगेको हो । कम्पनीको शेयरमा बिक्रेताभन्दा खरिदकर्ता अत्यधिक भएकाले शेयर मूल्यमा वृद्धि भएको हो ।

निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा लङलेग्ड डोजी बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य बढ्ने वा घट्नेमा अन्योल रहेको संकेत गर्छ ।

आरएसआई ओभरबौज्ट जोन ९६ दशमलव ९० बिन्दुमा छ । यसले शेयर खरिद चाप बढी रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ५८ दशमलव ७९ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि कम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्का देखि टाढिएको छ । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।

बिहीबारको शेयर मूल्य रु. ५७२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३२६ मा टेवा पाउने देखिन्छ । कम्पनीको यस दिनको मूल्य ५९ कारोबार दिनयताकै उच्च रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)