कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ दशमलव ५० प्रतिशत बोनस शेयर र शून्य दशमलव ७१ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी माघ ३० गते साधारणसभा बोलाएको छ । सभा होटल पोखरा ग्रान्डमा हुने जानकारी कम्पनीले गराएको हो ।
माघ ११ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । आइतबार कम्पनीको शेयर मूल्य रु. ३६८ कायम भएको छ ।
निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा स्पिनिङ टप आकृति बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको हालको प्रवृत्ति उल्टिने संकेत गर्छ । यद्यपि आगामी कारोबार दिनको प्रवृत्तिको अध्ययन गरेर मात्रै यसलाई पुष्टि गर्न सकिन्छ ।
आरएसआई ओभरबौज्ट जोन ८१ दशमलव ३३ बिन्दुमा छ । यसले शेयर खरिद चाप बढी रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ३ दशमलव ४२ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ ।
यस्तो अवस्थामा जोखिम पनि कम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कादेखि टाढिएको छ । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । आइतबारको शेयर मूल्य रु. ३६८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३२५ मा टेवा पाउने देखिन्छ । कम्पनीको यो शेयर मूल्य ५९ कारोबार दिनयताकै उच्च हो ।