ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कामना सेवा विकास बैंक : कम्पनी प्रोफाइल (मंगलवार, १३ माघ २०७७)

२०७७ माघ, १३  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

बैंकले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सोमबार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरणअनुसार बैंकको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २ दशमलव ६२ गुणा वृद्धि भएको हो ।

गत आवको दोस्रो त्रैमासमा बैंकले रु. १४ करोड ८५ लाख १९ हजार नाफा कमाएकामा चालू आवको सोही अवधिमा वृद्धि भएर रु. ३९ करोड ४७ हजार पुगेको हो । चालू आवको दोस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १९ प्रतिशत र सञ्चालन नाफा ६४ प्रतिशत वृद्धि भएकाले नाफा बढेको हो ।
 
सो अवधिमा बैंकको वितरणयोग्य नाफा रु. २७ करोड १९ लाख ६७ हजार रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्म बैंकले रु. ३८ अर्ब १८ करोड ४१ लाख ६२ हजार निक्षेप संकलन गरेको छ भने रु. ३१ अर्ब २० करोड २८ लाख १५ हजार कर्जा लगानी गरेको छ ।

चुक्ता पुँजी रु. २ अर्ब ५४ करोड १ लाख रहेको कम्पनीले जगेडा कोषमा रु. ४९ करोड ५३ लाख १८ हजार र रिटेन्ड अर्निङमा रु. २६ करोड ८९ लाख  ७६ हजार सञ्चित गरेको हो । सोमबार कम्पनीको शेयर मूल्य रु. २८४ कायम भएको छ ।

निष्कर्ष
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा बुलिस ह्याम्मर बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य बुलिसमा जाने संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७० दशमलव शून्य ९ बिन्दुमा छ ।

यसले शेयर खरिद चाप बढी रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ५ दशमलव ४६ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि कम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कादेखि टाढिएको छ । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । सोमबारको शेयर मूल्य रु. २८४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. २७४ मा टेवा पाउने र महँगिए रु. २९५ मा प्रतिरोध पाउने देखिन्छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)