ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

डेकोरेसनमा बदलिँदो शैली : उपभोक्ता रोजाइमा परेको पार्केटिङ कति उपयोगी ?

२०७७ फागुन, १४  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । उपभोक्ताको रोजाइअनुसार व्यक्तिगत घरदेखि आवासीय भवनहरूको आन्तरिक सजावट शैलीमा फरक–फरकपन आएको पाइन्छ । खासगरी घरको आन्तरिक सजावट अर्थात् ‘लुक्स’ लाई आकषर्ण बनाउन होम डेकोरेसनको शैलीमै परिर्वतन देखिएको छ ।
 
जुट, प्लास्टिकको कार्पेट हुँदै अहिले पार्केटिङ तथा पीभीसी कार्पेटलाई घरभित्र अर्थात् आन्तरिक डेकोरेसनका लागि उपभोक्ताले प्रयोग गर्दै आएका छन् । यद्यपि अहिले पनि प्लास्टिकको कार्पेट तथा पीभीसी कार्पेट पनि प्रयोगमा छ । तर, अहिले उपभोक्ताको उच्च रोजाइमा भने पार्केटिङ नै परेको यसको व्यापार गर्दै आएका व्यवसायी बताउँछन् ।

आवासीस भवन, कार्यालय तथा घरको आन्तरिक सजावट, भर्‍याङ, बैठक कोठा, प्यासेज, बेड रुम तथा बेड रुमको आधा हिस्सामा पार्केटिङको प्रयोग गर्न सकिन्छ । पार्केटिङ उड (काठ) बाट बनेको ब्लक संरचना हो ।

पार्केटिङ फ्लोरिङका लागि सबैभन्दा बढी राम्रो हुने केके इन्टरप्राइजेजका सञ्चालक अरुणकुमार चौधरी बताउछन् । पार्केटिङमा अहिले उपभोक्ताको आकर्षण बढेको बताउने उनीसँग केही वर्षअघि मात्रै जुटको कार्पेट बिक्री बढी हुँदै आएको अनुभव छ । पार्केटिङ उडको हो भने यो विभिन्न देशबाट आयात गरेर नै बिक्री गरिन्छ ।

यसबाट चिसो नहुने, सफा गर्न पनि सजिलो हुने र घरको लुक्स नै आकर्षण गरिदिने भएकाले यो निकै उपयोगी रहेको चौधरी बताउँछन् ।

जुट कार्पेटबाट धुलो बढी हुने र सफाइमा पनि समस्या हुने भएकाले ग्राहक पार्केटिङमा तानिएको भन्दै चौधरीले भने, ‘पार्केटिङमा शून्य मेन्टिनेन्स हुने भएकाले र अधिक पानीको प्रयोग, भारी सामग्री खसाल्नबाट सुरक्षित गरिए यो १० वर्षदेखि २० वर्षसम्म पनि टिकाउ हुन्छ ।’

नेपालमा दशकदेखि प्रयोगमा आएको पार्केटिङको माग उच्च हुन थालेको भने ३/४ वर्ष भएको चौधरी सुनाउँछन् ।

यसको मूल्य भने पार्केटिङको गुणस्तरअनुसार फरक–फरक रहेको पार्केटिङ विक्रेताहरू बताउँछन् । उपभोक्ताको खरिद मूल्य प्रतिस्क्वायर फिट १२५ देखि २०० रुपैयाँसम्म पर्छ ।

भारत, चीन, मलेसिया तथा थाइल्यान्डबाट यसको आयात हुँदै आएको छ भने बजारमा चीनबाट आयात हुने पार्केटिङ बढी बिक्री हुने व्यवसायीको अनुभव छ ।

स्तुपा डेकोरका प्रतिनिधि सुमन कार्की तुलनात्मक रूपमा अन्य कार्पेटभन्दा पार्केटिङ बढी टिकाउ हुने भएकाले ग्राहक आकर्षण बढेको बताउँछन् । काठका ब्लक ज्वाइन्ट गरेर पार्केटिङ गरिने भएकाले एउटा ब्लक फुस्किनासाथ सबै संरचना बिग्रिन्छन् भने पानीबाट बढी जोगाउनुपर्नेमा यसका प्रयोगकर्ताले विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ ।   
   
फ्लोरिङ, भर्‍याङ तथा बैठक कोठाका साथै बेड रुमका साथै सोही रूपमा आकर्षण र न्यानो बनाउन पनि भित्ताको आधा हिस्सामा यसको प्रयोग बढी गरिन्छ । चिसो, धुलोबाट बच्न र सफा गर्न पनि सजिलो हुने भएकाले पार्केटिङ अहिले उपभोेक्ताको रोजाइमा परेको छ । खासगरी आफ्नै घर भएका उपभोक्ताले पार्केटिङको प्रयोगमा उच्च रुचि राख्ने गरेको यसका विक्रेताहरू बताउँछन् ।

भाडामा बस्नेहरूका लागि भने उपयुक्त हुँदैन । प्रयोगकर्ताले ध्यान नदिने हो भने सामान्य गल्तीले पनि पार्केटिङको संरचनै बिग्रन पुग्छ ।

पार्केटिङ काठबाट बनाइएका ब्लकहरू एकआपसमा जोडेर नै फ्लोरमा बिछ्याइन्छ । त्यसमा एउटा लक पनि बिग्रिए पुनः जडान गर्न नमिल्ने भएकाले उपभोक्ताले सचेत हुनुपर्नेमा जोड दिन्छन्, चौधरी ।

अन्य कार्पेटको तुलनामा पार्केटिङ गरिएको भुइँ कम चिसो हुन्छ । यस्तै, मेन्टिनेन्स कम खर्चमा हुने हुँदा यसको उपयोग सरल मानिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)