कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण
गर्ने प्रस्ताव गरेको छ । कम्पनीको सो प्रस्ताव चैत २० गतेको १९ औं साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
आइतबार कम्पनीको शेयर मूल्य अघिल्लो दिनको तुलनामा रु. १ ले बढेर प्रतिकित्ता रु. १ हजार ९०३ पुगेको हो । हाल कम्पनीको चुक्ता पुँजी रु. १ अर्ब ५४ लाखभन्दा बढी रहेको छ । कम्पनीको १५ प्रतिशत बोनस शेयर वितरणपछि कुल पुँजी रु. १ अर्ब १५ करोड ६२ लाखभन्दा बढी पुग्नेछ ।
निष्कर्ष
कम्पनीको ६४ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य बुलिसमा रिभर्सलको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४९ दशमलव ८२ बिन्दुमा छ ।
यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ३९ दशमलव २७ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम प्राप्त हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा काटिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ ।
आइतबारको शेयर मूल्य रु. १ हजार ९०३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १ हजार ८०७ मा टेवा पाउने र महँगिए रु. १ हजार ९३१ म प्रतिरोध पाउने देखिन्छ ।