कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ दशमलव ८५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको थियो ।
कम्पनीले गरेको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । हाल कम्पनीको चुक्ता पुँजी रु. २६ करोड ३४ लाख ४८ हजार रहेको छ ।
८ दशमलव ८५ प्रतिशत बोनस शेयर वितरणपछि पुँजी रु. २८ करोड ६७ लाखभन्दा बढी पुग्नेछ । गत कारोबार दिन आइतबार कम्पनीको शेयर मूल्य रु. १ हजार ५२५ पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा ९ रुपैयाँले कम भएकोे हो ।
निष्कर्ष
कम्पनीको ४० दिनको कारोबार अवधिको अन्तिम दिनमा पुच्छर भएको कालो मैनबत्ती बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य बियरिसमा जाने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५२ दशमलव ५७ बिन्दुमा छ ।
यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ३० दशमलव शून्य ९ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम प्राप्त हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा काटिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ ।
आइतबारको शेयर मूल्य रु. १ हजार ५२५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १ हजार ४६४ मा टेवा पाउने र महँगिए रु. १ हजार ५९५ मा प्रतिरोध पाउने देखिन्छ ।