कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई ८ दशमलव १३ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२८२ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति र कम्पनीको आगामी १२ औं वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । हाल कम्पनीको चुक्ता पुजी रु. २३ करोड ५३ लाख ८६ हजार रहेको छ । प्रस्तावित बोनस शेयर वितरणपछि पुँजी रु. २५ करोड ४५ लाख ३८ हजार पुग्नेछ । आइतबार कम्पनीको शेयर मूल्य रु. १ हजार ४४० कायम भएको हो ।
निष्कर्ष
कम्पनीको ६४ दिनको कारोबार अवधिको अन्तिम दिनमा ग्रेभस्टोन डोजी बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य आगामी दिनमा उल्टिने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४४ दशमलव ९८ बिन्दुमा छ ।
यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन २९ दशमलव ५५ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम प्राप्त हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा काटिएको छ । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ ।
आइतबारको शेयर मूल्य रु. १ हजार ४४० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १ हजार ४०९ मा टेवा पाउने र महँगिए रु. १ हजार ५०० मा प्रतिरोध पाउने देखिन्छ ।