ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भान्सा डेकोरेसनमा बहुउपयोगी मोडुलर किचेन

२०७७ फागुन, २८  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं (अस) । प्रत्येक घरमा भान्सा सफा र चिटिक्क राख्न सजावट वा डेकोरेसनबारे जानकारी नभएकाहरू अलमलिने अवस्था हुने गर्छ  । खासगरी सहरी परिवेशमा अनिवार्य सर्त नै हुन्छ, भान्सा अर्थात् किचेनलाई आकर्षक र लोभलाग्दो कसरी देखाउने भन्ने विषय । सहरी परिवेशमा घर सजावट पनि अनिवार्य आवश्यकता भइसकेको छ ।

नयाँ घर बनाउँदा नै किचेनका लागि आवश्यक तयारी र सोचमा रहेका घरधनीका लागि भान्सा डेकोरेसनमा मोडुलर किचेन उपयुक्त रोजाइ बन्न सक्छ । बहुउपयोगी मानिने यस्तो खालको किचेन बनाउँदा बजेट पनि अलि बढी नै लाग्ने गर्छ । मोडुलर किचेन जडान गर्दै आएका व्यवसायीहरूका अनुसार यसको न्यूनतम मूल्य प्रतिस्क्वायर फिट ३५ सय रुपैयाँ माथिदेखि सुरु हुने गर्छ । यद्यपि यसमा मोडुलर किचेन बनाउने सामग्रीको गुणस्तर, भान्सा कोठाले ओगटेको भागले यसको रकम निर्धारण हुने गर्छ ।

मोडुलर किचेन जडानको व्यवसाय गर्दै आएका काठमाडौं डेकोर पार्केट हाउसका सञ्चालक नितेशकुमार पटेल यसको गुणस्तर र स्क्वायर फिटका आधारमा न्यूनतम १ लाख ५० हजारदेखि अधिकतम २ लाख २० हजार रुपैयाँसम्म खर्चिनुपर्ने बताउँछन् । सुरक्षित तरिकाले यसको प्रयोग गरे २० देखि २५ वर्षसम्म टिकाउ हुने भएकाले अहिले ग्राहकको अधिक रुचिमा मोडुलर किचेन परेको पटेलको अनुभव छ । मोडुलर किचेनलाई पानी तथा बेसनबाट हुने चुहावटबाट बचाउन सकियो भने लामो समयसम्म टिकाउ राख्न सकिन्छ ।

भान्सा कोठालाई आकर्षित बनाउन र सामग्रीहरू एकीकृत गरेर सुरक्षित राख्न सकिने भएकाले मोडुलर किचेनलाई बहुउपयोगी मानिन्छ । यस्तो किचेनमा बास्केट पनि ग्राउन्ड र किचेनमाथि जोडिने भएकाले त्यहाँ राखिने सामग्रीमा पानी हुन नहुने र सुक्खा राख्दा पानीबाट भिजेर बिग्रने समस्या नहुने व्यवसायी बताउँछन् । उपभोक्तालाई घरका साथै भान्सा सजावटमा पनि अनेक विकल्प रोज्ने सामग्री बजारमा आएका छन् ।

मोडुलर किचेनमा ६ वटासम्म बास्केट हुने भएकाले भान्साका लागि आवश्यक पर्ने सामग्री पनि सोही बास्केटमा राख्न सकिन्छ । प्लेन तथा कर्नर ¥याक शो पिसका सामग्री राख्न तथा अन्य भान्साका सामग्री, ग्यास राख्न पनि बास्केट नै हुने भएकाले उपयोगी मानिन्छन् ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)