बुधबार कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा २३ रुपैयाँले घटेको छ । शेयर मूल्य प्रतिकित्ता रु. १ हजार १३७ कायम भएको हो । यस दिन कम्पनीको ६ हजार ८४७ कित्ता शेयर खरिद बिक्री भएको छ ।
कम्पनीले गत आवको मुनाफाबाट ११ दशमलव ०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव बीमा समितिबाट स्वीकृति र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।
कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रु. १८ करोड ६९ लाख नाफा कमाएको हो । सो अवधिमा कम्पनीले रु. ८९ करोड ९० लाख बीमाशुल्क आर्जन गरेको हो । प्रतिशेयर आम्दानी रु. ३४ दशमलव ७९ (वार्षिक) रहेको छ ।
निष्कर्ष
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा ग्रेभस्टोन डोजी बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य बियरिसमा जाने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४० दशमलव ४१ बिन्दुमा छ ।
यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १६ दशमलव ८५ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि कम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ ।
बुधबारको शेयर मूल्य रु. १ हजार १३७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १ हजार १२७ मा टेवा पाउने र महँगिए रु. १ हजार १९० मा प्रतिरोध पाउने देखिन्छ ।