ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हिमालयन जनरल इन्स्योरेन्स हिमालयन जनरल इन्स्योरेन्स : कम्पनी प्रोफाइल (शुक्रवार, २८ फागुन २०७७)

२०७७ फागुन, २८  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीले गत आवको मुनाफाबाट  शेयरधनीलाई ३ प्रतिशत बोनस शेयर र ३ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव बीमा समितिबाट स्वीकृति र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

हाल कम्पनीको चुक्ता पुँजी रु. १ अर्ब ६ करोड ८२ लाख रहेको छ । ३ प्रतिशत बोनस शेयर वितरणपछि पुँजी रु. १ अर्ब १० करोडभन्दा बढी पुग्नेछ । बुधबार कम्पनीको शेयर मूल्य रु. ६३५ कायम भएको छ । यस दिन कम्पनीको १४ हजार १८६ कित्ता शेयर खरिद बिक्री भएको हो ।

निष्कर्ष
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा ड्रागनफ्लाई डोजी बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको हालको प्रवृत्तिमा रिभर्सलको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ३८ दशमलव शून्य ३ बिन्दुमा छ ।

यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ५ दशमलव ६९ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम पनि कम हुन्छ भने प्रतिफल पनि कम प्राप्त हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ ।

बुधबारको शेयरमूल्य रु. ६३५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ६१३ मा टेवा पाउने र महँगिए रु. ६६५ मा प्रतिरोध पाउने देखिन्छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)