ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बेड किन्नुपूर्व यी विषयमा ध्यान दिनुस्

२०७७ चैत, २७  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । घरका कोठाचोटा सजाउने चाहना जोसुकैको हुने गर्छ । घर बनाएपछि त्यसलाई सजाउन बेडले पनि सहयोग पुर्‍याउँछ । बजारमा बेडका थुप्रै सामान मूल्यअनुसार खरिद गर्न सकिने अवस्था छ । बेड किन्नुपूर्व मूल्यसँगै त्यससम्बन्धी सामान्य जानकारी लिनु आवश्यक हुन्छ । कुन बेड आफ्ना लागि आवश्यक छ र कति रकम खर्च गर्ने भन्नेबारे जानकारी लिनैपर्छ । सामान्यतया बेडमा प्रयोग हुने काठ तथा अन्य सामग्रीको आधारमा यसको मूल्य निर्धारण गरिएको हुन्छ ।

हाल बजारमा थोरैदेखि महँगा मूल्यसम्मका बेड उपलब्ध छन् । आफ्नो बजेट, चाहना र आवश्यकताअनुसार बेड किन्न सक्छौं । बजारमा सामान्य स्तरका लोबेडदेखि क्विन साइज र किङ साइज बेड उपलब्ध छन् । यस्ता बेड बनाउँदा प्रायः उत्तिस, सिसौका काठ र प्लाइउड प्रयोग गरिएको हुन्छ ।

किङ साइज र क्विन साइजका बेडका बारेमा कुरा गर्नुपर्दा ग्राहकको रोजाइअनुसार त्यसलाई आकर्षक र आरामदायी बनाउन विभिन्न किसिमका आकर्षक रंग, लाइट र लेदर वा ¥यागजिनसमेत प्रयोग गरिएको पाइन्छ । तर, लोबेडमा भने यस्ता सुविधा हुँदैनन् । यसले गर्दा लो बेड त्यति धेरै आरामदायी हुँदैन । महर्जन फर्निचर सेन्टर कीर्तिपुरका राजु महर्जनका अनुसार नेपालमा लोबेडको मूल्य खासै महँगो छैन । यसमा उत्तिसको काठ र प्लाई प्रयोग हुने भएकाले मूल्य पनि कम हुने उनी बताउँछन् । हालको बजार मूल्यअनुसार करिब ८ हजार ५ सय देखि १५ हजार रुपैयाँसम्मका लोबेड बजारमा पाउन सकिने उनले बताए । यसको आकार ४/६ फिटको हुने गर्दछ ।

अहिलेको बजार मूल्यअनुसार क्विन साइज हाइड्रोलिक बेडको मूल्य करिब ६० देखि ७० हजार रुपैयाँसम्म पर्छ भने यसको साइज ५/६ फिटको हुने गर्छ । यो बेड हाइड्रोलिक सिस्टम भए÷नभएको दुवै डिजाइनमा उपलब्ध छ । आफूसँग भएको बजेट र रोजाइअनुसार खरिद गर्न सकिन्छ ।

हाइड्रोलिक प्रविधि रहेको बेडमा राखिएको बक्स प्रयोग गर्दा प्लाई उठाउन र राख्न सजिलो हुने गर्दछ भने एक ठाउँबाट अर्को ठाउँमा सार्न पनि सहज हुन्छ । यसले गर्दा अहिले यो बेडमा ग्राहक आकर्षण बढेको पाइन्छ । डिजाइनअनुसार कुनैमा बेडको साइजअनुसारकै बक्स राखिएको हुन्छ भने कुनैमा बेडको साइजभन्दा आधा साइजका बक्स राखिएको फर्निचर व्यापारीहरू बताउँछन् ।

यस्ता बक्समा उपभोक्ताले आफ्ना लुगा कपडादेखि महत्वपूर्ण सामान राख्न  सजिलो हुने गर्दछ ।

हाइड्रोलिक प्रयोग नभएको क्विन साइज बेडको मूल्य ५५ देखि ६५ हजार रुपैयाँसम्म पर्दछ । यो बेडको भित्र सामान राख्न स्टोरेज बक्स हुने गर्दछ । यसमा ओच्छ्याउने म्याट्रेसको मूल्य ३५ देखि ४५ हजार रुपैयाँसम्म पर्छ ।

अहिलेको बजार मूल्यअनुसार किङ साइज बेडको मूल्य करिब ७० हजारदेखि सुरु भएर ९० हजार रुपैयाँसम्म पर्ने गरेको महर्जन बताउँछन् । उनका अनुसार यसको साइज ६/६.५ फिटको हुने गर्दछ । बेडमा प्रयोग गरिएको रंग, लाइट, र्‍यागजिन र काठको गुणस्तरीयताको आधारमा ग्यारेन्टी तथा वारेन्टी दिइने गरेको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)