ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कौसी खेतीमा लहरे बाली

२०७८ बैशाख, १७  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । यतिबेला दोस्रो चरणको निषेधाज्ञा तथा बन्दाबन्दीले तपाईं फुर्सदमा हुनुहुन्छ । घरमा बस्दा फराकिलो कौसी तथा छत छ भने यसलाई उपयोग गर्न अहिले लहरे बालीको सिजन हो । तपाईंले आफ्नो कौसीमा लहरे प्रजातिका बिरुवा लगाएर असारसम्म तरकारीको रूपमा प्रयोग गर्न सक्ने गरी फलाउन सक्नुहुन्छ ।

घरको छत तथा कौसीलाई अधिकतम उपयोग गर्दै अर्गानिक तरकारी उपयोग गर्ने सोचमा भएकालाई यतिबेला लहरे तरकारी तथा गोलभेडाका बिरुवा रोप्ने सिजन हो । अहिले सिजनअनुसारको बाली लगाएर समय सदुपयोग गर्ने सोचमा हुनुहुन्छ भने अहिले बिउ राख्नेभन्दा पनि विरुवा सार्ने बेला हो । अहिले विरुवा सार्दा असारसम्म फल पाइसक्ने हुन्छ ।

लहरे बाली सिमी, बोडी, काँक्रो, घिरौला, फर्सीका साथै गोलभेडा, भेंडेखुर्सानीजस्ता बाली पनि लगाउन सकिने सुझाव कौसी खेती तथा बालीलाई अभियानकै रूपमा प्रर्वद्धन गर्दै आएका अभियान एग्रोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुवास पण्डित दिन्छन् । उनका अनुसार बिउभन्दा पनि बिरुवा किनेर वा आफैंसँग भएका बिरुवा कौसीमा लगाउँदा सानो गमलाभन्दा फराकिलो आकारका गमला तथा छतमै माटो भरेर फराकिलो पारेर बेर्ना सार्नुपर्छ ।

जमिनमा यसको खेती गर्दा जरा फैलिन पर्याप्त स्थान हुने तर कौसीमा गर्दा जराको फैलावटलाई बढी ध्यान दिएर फराकिलो र माटोको मात्रा पनि मिलाउन आवश्यक छ । माटोको समस्या नभए पनि कौसी खेती गर्दा मल भने खरिद गर्नुपर्ने समस्या हुन सक्छ । त्यसका लागि कतिपय अवस्थामा भान्साबाट निस्कने कुहिने वस्तु सीधै बोटमा राख्न वा छुट्टै भाडामा राखेर मल बनाउन सकिन्छ भने बजारबाट खरिद गर्न पनि सकिन्छ ।

यस कारण बिरुवामा थ्रीजी कटिङ आवश्यक
थ्रीजी कटिङ भन्नाले कुनै पनि बिरुवालाई तेस्रो पुस्तासम्म लगेर त्यसबाट फल उत्पादन गर्नुलाई बुझिन्छ । थ्रीजी कटिङको फाइदा भनेकै एउटा हाँगामा धेरैभन्दा धेरै फल फलाउने र एउटै बोटबाट धेरै उत्पादन गर्न सजिलो हुनु हो । यस्तो गर्दा पहिलो र दोस्रो पुस्ताको हाँगाबाट उत्पादन गरिँदैन । तेस्रो पुस्ताको हाँगाबाट उत्पादन लिने गरिन्छ । बिरुवा लगाइसकेपछि जुन मुख्य लहरा हुन्छ, त्यसलाई पहिलो पुस्ता भनिने एवं त्यही मुख्य लहराबाट आउने अरू शाखा दोस्रो र दोस्रो हाँगाबाट पनि आएका शाखा हाँगालाई तेस्रो पुस्ता भनिने पण्डित बताउँछन् । मुख्य लहराको ४ देखि ६ वटा पातसम्म कुनै पनि शाखा हाँगा राख्न नहुने उनको सुझाव छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)