ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

यसरी गर्न सकिन्छ घरको बगैंचा सदुपयोग

निम, टिमुरजस्ता औषधीय गुण भएका बिरुवा रोपेर उपयोग

२०७८ बैशाख, २४  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । सहरी क्षेत्रमा घर बनाउँदा घरसँगै वरपर  आकर्षक बगैंचा पनि होस् भन्ने सबैको चाहना हुन्छ । कम जमिन छ भने पनि त्यसलाई सुन्दर ढंगले सजावट गर्न  सकिन्छ । घर वरिपरि रहेको जमिन तथा फराकिलो छत, कौसी छ भने त्यसलाई तपाईंले आफ्नै स्वास्थ्योपचारमा उपयोगी वनस्पति तथा ससाना प्रजातिका बिरुवा लगाएर बगैंचा सजावट गर्न सक्नुहुन्छ ।

यस्ता वनस्पति तथा बिरुवाले घरलाई आकर्षण मात्रै देखाउँदैनन्, तपाईं तथा तपाईंको परिवार अस्वस्थ हुँदा स्वास्थ्योपचारका लागि काम आउन सक्ने हुन्छन् । त्यसैले औषधीय गुण भएका वनस्पति तथा बिरुवा आफ्नो बगैंचामा रोप्नु उचित हुन्छ । अर्काेतर्फ सिजनल फूलहरू रोपेर पनि बगैंचालाई थप सजावट गर्न सकिन्छ ।

स्वास्थ्यका दृष्टिले आफ्नो बगैँचामा औषधीय गुण भएका अर्थात् केही सामान्य बिरामी भए घरेलु उपचारका लागि काम आउन सक्ने वनस्पति लगाउँदा अझ बढी उपयोगी हुन्छ । अहिले कोरोना भाइरस संक्रमण उच्च हुँदा आयुर्वेदिक औषधीमा पनि जोड दिइएको पाइन्छ । गुर्जाे सेवन पनि बढेको पाइन्छ । यो लहरा खाले प्रजातिको भएकाले सानो स्थानमा पनि लगाउन सकिने बताउँछन्, १७ वर्षदेखि तिमल्सिना नर्सरी सञ्चालन गर्दै आएका उत्तम तिमल्सिना ।

बगैंचामा गुलाब, सयपत्री, जिनिया, फ्रेन्च डालिया, सालियाजस्ता फूल रोप्न सकिन्छ । तर, औषधीय गुण भएका वनस्पति रोप्दा अझ फाइदा हुने देखिएकाले यसमा जोड दिइएको हो । भक्तपुरको लोकन्थलीमा नर्सरी व्यवसाय गर्दै आएका उनले भने, ‘घरेलु उपचारमा प्रयोग हुने जडीबुटी रोजमेरी, पुदिना, एलोभेरा, लौठसल्लाजस्ता बिरुवा रोप्न सकिन्छ भने यसले उपचारमा  सघाउने र बगैंचा पनि राम्रो हुन्छ ।’

जाडो सिजनमा भन्दा पनि फागुनदेखि असार, साउनसम्म यस्ता बिरुवा रोप्दा राम्रो हुन्छ । अहिले मुख्य सिजन पनि भएको र धेरै ढिला गर्दा काठमाडौं उपत्यकामा चिसो आइसक्ने हुँदा छिटो रोप्नु आवश्यक हुन्छ । नीम, गुर्जाे लगाउन सकिने उनको सुझाव छ । बगैंचामा टिमुर, अमला र लौठसल्लाका बिरुवा पनि लगाउन सकिने उनी बताउँछन् । लौठसल्लाका बिरुवासमेत विक्री गर्दै आएका उनले यसको मूल्य प्रतिबिरुवा २५० रुपैयाँ पर्ने बताए ।

क्यान्सर उपचारका लागिसमेत उपयुक्त मानिएको लौठसल्लाका बिरुवा असार, साउनमा भने बिरुवाको साइजअनुसार मूल्य तय हुने उनको भनाइ छ । यी बिरुवाको मूल्य  १०० देखि ३०० रुपैयाँसम्म पर्ने गर्छ । टाइफाइडका बिरामीका लागि उपयुक्त हुने पाखनबेत पनि लगाउन सकिन्छ । अहिले जारी निषेधाज्ञाका बेला तपाईं फुर्सदमा हुनुहुन्छ र बगैंचालाई सुन्दर र उपयोगी बिरुवा रोपेर आकर्षक बनाउने खोजमा हुनुहुन्छ भने यी बिरुवा लगाउन सक्नुहुन्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Punya Ram Awal

[May 12, 2021 03:47am]

Yo lokanthali ko nursery ko kunai contact no. pauna sakinchha ki, please provide me the contact no.



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)