ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कति लाभदायी हुन्छ घरमा इन्डोर प्लान्ट ?

खर्च कम गर्न आफैं किन्नुस्

२०७८ जेठ, ७  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । आफू बस्ने घरलाई सुन्दर र आकर्षक पार्नु सबैको रहर हुन्छ । ग्रामीण भेगमा वातावरण नै सुन्दर र सफा हुने भएकाले घरलाई आकर्षक बनाउन धेरै मिहिनेत गर्नुपर्दैन । यदि तपाईं सहरमा घर बनाएर बस्नुभएको छ, भने घरलाई कंक्रिट मात्रै होइन, जीवन्तता दिन सफा, हरियाली, आकर्षक बनाउन पनि उत्तिकै मिहिनेत गर्नैपर्छ ।

घरको बाहिरी क्षेत्र धेरै छ भने त्यहाँ विभिन्न किसिमका बिरुवा लगाएर लाभ लिन सकिन्छ । यद्यपि इन्डोर प्लान्ट पनि राख्न नसकिने भने होइन । इन्डोर प्लान्ट राख्दा घर बाहिरबाट आउने अक्सिजनलाई शुद्धीकरण गर्न यसले भूमिका खेल्छ । केही समयअघि काठमाडौं उपत्यकालाई वायु प्रदूषणले निकै आक्रान्त पारेको थियो । अहिले पनि कोरोना भाइरस र निषेधाज्ञाका कारण बाहिर हिँडडुल नगरी घरभित्रै सबै  बसेको अवस्था छ ।

धेरै जना सँगै बस्दा स्वच्छ हावा प्रवाहमा पनि समस्या हुने गर्छ । हावा शुद्धीकरणका लागि घरमा इन्डोर प्लान्ट लाभकारी हुने यसका जानकार बताउँछन् । इन्डोर प्लान्ट घरभित्र उपयुक्त स्थानमा लगाउन सकिने प्रजातिका बोट बिरुवा हुुन् । यसलाई शो पिसका रूपमा पनि लगाउने ट्रेन्ड बनेको प्लान्ट एण्ड डेकोरका सह–संस्थापक प्रज्ज्वल तुलाधर बताउँछन् ।

उनी भन्छन्, ‘इन्डोर प्लान्टको मुख्य काम नै अक्सिजन प्युरिफाई गर्नु हो भने अहिले कोरोनाका कारण घर तथा रुममा बस्दा प्राकृतिक रूपमै यस्ता प्लान्टबाट एयर प्युरिफाइ हुन्छ ।’ जस्तै, स्नेक प्लान्ट, पिस लिली, स्पाइडर प्लान्ट, रबर प्लान्ट, इंग्लिस आइभीवाई प्लान्ट, एरेका पाम, ड्रासेना प्लान्ट लगाउन सकिन्छ । यसको मूल्य बेर्नादेखि हुर्किएको बिरुवा किन्नेमा भर पर्ने तुलाधर बताउँछन् ।

बेर्ना खरिद गर्नुभयो भने सस्तो पर्छ । यी प्लान्टका बेर्ना खरिद गर्दा सुरु मूल्य १५० देखि सुरु हुन्छ भने हुर्किएका बिरुवा नै खरिद गर्दा १ हजार २०० देखि  १ हजार ३०० रुपैयाँसम्म पर्छ ।

यदि यस्ता बिरुवा आफैं हुर्काउन चाहनुहुन्छ भने खर्च कम हुन्छ । तर, घरमा लगेर रोपेपछि भने धेरै ख्याल गर्नुपर्छ । घरमा बेर्ना, बोट लैजाने हो भने अहिले सिजन हो । सिजनअनुसार पानी राख्नुपर्ने र मल पनि बेलाबेला राख्नुका साथै बिरुवाका पात तथा डाँठ पहेंला भए काट्न सकिने सुझाव तुलाधरको छ । बेर्ना लगेर रोप्दा भने मर्ने सम्भावना हुने भएकाले विशेष ध्यान दिनुपर्नेमा उनी जोड दिन्छन् ।

इन्डोर प्लान्ट सूर्यको सीधा प्रकाशबिनै हुर्कने हुन्छ । घामबिना नै हुर्कने भए पनि घरभित्र लगाउँदा वा राख्दा न्यानो तापक्रम भने हुनुपर्ने उनी बताउँछन् । जाडोमा सातामा १ पटक पानी राख्दा हुने तर गर्मीमा भने दैनिकजसो आवश्यकताका आधारमा बिरुवामा पानी राख्न सकिने उनी सुझाउँछन् ।

ठूला बिरुवा किन्दा मर्ने, नाश हुने सम्भावना हुँदैन । कतिपयले घरमा आर्टिफिसियल प्लान्ट पनि राखेको पाइन्छ । तर, केही रकम खर्च गरेर भए पनि यस्ता प्लान्ट लगाउँदा अक्सिजन प्युरिफाइ हुने, डेकोरेटिभ देखिने, क्लासिक लुक देखिने भएकाले यी प्लान्ट लगाउनु लाभदायी हुन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)