काठमाडौं । अहिले सहर तथा गाउँघरमा पनि आरसिसी माध्यमबाट घर बनाउने प्रचलन बढ्दो छ । खासगरी सहरी भेगतिर सिमेन्ट, बालुबा इँटा प्रयोगबाट घर बनाउनेबाहेक अरू विकल्प पनि सोचिँदैन ।
सहरमा घर बनाउँदा अट्याच बाथरुमसहितका फ्ल्याट पनि बनाउने गरिन्छ । यसले गर्दा फ्लाटपिच्छे जोडिएका बाथरुम हुने गर्छन् भने खानेपानीका पाइप पनि जोडिएको हुन्छ । मुख्यगरी शौचालय, बाथरुम, घरमा राखिने पाइप निर्माणकै क्रममा राखिने गरिन्छ । पुराना घरमा वाटर प्रुफ गर्ने चलन नहुँदा त्यस्ता घरको पानी ल्याउन जडान गरिएका स्थानमा लिकेज हुने वा शौचालय, बाथरुममा राखिने टायल तथा सिमेन्ट क्र्याक भएर पानी लिकेज हुन सक्छ ।
वाइट सिमेन्ट लगाउँदा पनि ध्यान नदिने हो भने रसाएर वाल पानीले वासआउट हुुने भित्तामा लगाइएको रंग वा सिमेन्ट नै उप्किने समस्या हुन सक्छ भन्छन्, प्लम्बिङ सर्भिस कम्पनीका संस्थापक दामोदर श्रेष्ठ । धारा पाइपको जडान क्षेत्रबाट पनि पानी लिकेज अर्थात् चुहिँदा पनि विस्तारै त्यो पानी घरको सोही स्थानको भित्तामा रसाउन सक्छ । कतिपयले अहिले पनि वाटरप्रुफ (एक किसिमको केमिकल) को प्रयोग नगर्दा पनि भित्ता रसाउने पानी चुहिने समस्या हुने गरेको उनी बताउँछन् ।
वाटरप्रुफ एउटा केमिकल हो भने यसको सिमेन्टसँग घोलेर प्रयोग गरिने उनको भनाइ छ । ढलानमा राखिने गरे पनि यसको प्रयोग पानी तथा लिकेज हुनबाट जोगाउनकै लागि हुने बताउँदै श्रेष्ठ भन्छन्, ‘घर बनाएको केही वर्षमै तुरुन्त लिकेज भई वालहरू रसाउने समस्या हुँदैन । तर, शौचालय तथा बाथरुममा पाइप हाल्न केही ग्याप छाडिएको हुन्छ । त्यसमा राम्रोसँग ढलान गरिएन भने पछि त्यहीबाट पानी चुहिन थाल्छ र वरिपरिका भित्ता अर्थात् वालमा पानी रसाउन थाल्ने हो ।’
ढलान राम्रो नहुँदा र टायल राख्दा ग्याप छाडियो भने र मसला (सिमेन्ट बालुवा गिटीको घोल) राम्रोसँग राखिएन भने त्यही ग्यापमा पानी जम्ने र त्यसबाटै विस्तारै विस्तारै वालसम्म रसाउन सक्छ । त्यसले घर बनाउँदा यी विषयमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव छ । घर बनाउने मात्रै नभएर त्यसलाई कसरी सुरक्षित र भरपर्दाे पानीको लिकेजबाट कसरी बचाउने भन्ने विषयमा पहिला नै सचेत हुनुपर्छ ।
घर निर्माणकै क्रममा ध्यान दिन सकिएन भने त्यही लिकेजबाट पानी रसाउँदा भित्ताहरू कुरुप हुने र कोठाकै शोभा उजाडिने हुन सक्छ । यी कारण ढलान, टायल, पाइप राख्दा नै उचित ध्यान दिन सके र वाटरप्रुफ गर्न सके लिकेज नहुने उनको भनाइ छ । सिमेन्टको भित्ता क्र्याक भए पानी चुहावट हुन सक्छ । पाइप फुट्यो भने देखिन्छ तर टाइलमा ग्याप हुँदा र पानी रसाएको थाहा नपाउने भए यस्तो समस्या समाधान गर्न ढिलाइ हुने उनको अनुभव छ ।
यसको मर्मतसम्भार भने लिकेज कति भएको छ भन्ने अवस्था हेरेर खर्च हुने उनी बताउँछन् । टाइल राम्रोसँग लगाउने, ढलान गर्दा पनि वाटरप्रुफ गर्नेजस्ता उपाय अपनाइए पानी लिकेज हुन र भित्तालाई जोगाउन सकिन्छ ।
Dear Friends, We have the solution to cure such problems. Contact PEACE MARKETING CO P LTD. TEKU, KATHMANDU 9851022202