ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल–बंगलादेश बैंक: कम्पनी विश्लेषण (सोमवार, २४ जेठ २०७८)

२०७८ जेठ, २४  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

बैंकको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार ९ दशमलव ०७ प्रतिशतले वृद्धि भएको छ । बैंकको शेयर मूल्य प्रतिकित्ता रु. ४३३ पुगेको हो ।  बैंकले चालू आवको तेस्रो त्रैमाससम्म रु. १ अर्ब ८३ करोड नाफा कमाएको छ । गत आवको तुलनामा चालू आवमा ६३ प्रतिशतले वृद्धि भएको हो ।

गत आवमा बैंकले रु. १ अर्ब ५० लाख नाफा कमाएको थियो । चालू आवमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ ।

गत आवमा बैंकको प्रतिशेयर आम्दानी रु. १६ दशमलव १६ रहेकामा चालू आवमा वृद्धि भएर रु. २४ दशमलव ९७ पुगेको हो । बैंकले गत आवको मुनाफाबाट यस वर्ष शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर र २ दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

उक्त बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ भने नगद लाभांश शेयरधनीको बैंक खातामा पठाइसकेको छ ।

निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको लामो सेतो शरीरको मैनबत्ती बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य बढ्ने संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७६ दशमलव ९७ बिन्दुमा छ ।

यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १९ दशमलव ४१ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।

आइतवारको शेयर मूल्य रु. ४३३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३७९ मा टेवा पाउने देखिन्छ । कम्पनीको यो मूल्य ५९ कारोबार दिनयताकै उच्च हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)