बैंकको शेयर मूल्य अघिल्लो दिनको तुलनामा आइतवार ६ दशमलव ३४ प्रतिशतले वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रु. ३६९ पुगेको हो । बैंकले चालू आवको तेस्रो त्रैमाससम्म रु. १ अर्ब १३ करोड नाफा कमाएको छ ।
बैंकले गत आवको तेस्रो त्रैमाससम्म रु. ९३ करोड ५२ लाख ८३ हजार नाफा कमाएको थियो । गत आवको तुलनामा चालू आवमा बैंकको नाफा २० प्रतिशतले वृद्धि भएको हो । नाफामा वृद्धि भएसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ ।
गत आवमा बैंकको प्रतिशेयर आम्दानी रु. १३ दशमलव ९१ रहेकामा चालू आवमा रु. १५ दशमलव ८८ प्रतिशत पुगेको हो । बैंकको प्रतिशेयर आम्दानी रु. १५ दशमलव ८८ रहेको छ । गत आवको नाफाबाट बैंकले शेयरधनीलाई ५ दशमलव ८० प्रतिशत बोनस शेयर र २ दशमलव ४८ प्रतिशत नगद लाभांश दिएको थियो ।
निष्कर्ष
कम्पनीको ५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा स्पिनिङ टप बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य अनिश्चित रहेको संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७६ दशमलव शून्य ६ बिन्दुमा छ ।
यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १५ दशमलव ८५ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।
आइतवारको शेयर मूल्य रु. ३६९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३२७ मा टेवा पाउने देखिन्छ । कम्पनीको यो मूल्य ५९ कारोबार दिनयताकै उच्च हो ।