कम्पनीको शेयर मूल्य सोमवार ९ दशमलव ९५ प्रतिशत बढेको छ । सो दिन प्रतिकित्ता रु. ४१ ले बढेर कम्पनीको अन्तिम मूल्य यस दिन रु.४५३ कायम भएको हो । कम्पनीको रु. ८ करोड ९७ लाख १४ हजार बराबरको शेयर कारोबार भएको छ ।
कम्पनीले देशका विभिन्न स्थानमा २१ वटा शाखा र २ एक्सटेन्सन काउन्टरबाट सुविधा प्रदान गर्दै आएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रु. ४ करोड ११ लाख ४७ हजार खुद नाफा गरेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी रु. ८६ करोड ४० लाख रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम रु. ४१ करोड ४७ लाख ५४ हजार रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी रु. ११ दशमलव ७१ रहेको छ । कम्पनीको कुल सम्पत्ति रु. ७ अर्ब ८१ करोड १६ लाख ८३ हजार रहेको छ भने कुल दायित्व रु. ६ अर्ब ४६ करोड ८९ लाख ७२ हजार रहेको छ ।
निष्कर्ष
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनी बुलिसमा जाने संकेत गर्छ । यसलाई भोल्युमले पनि साथ दिएको देखिन्छ । आरएसआई ओभरबौज्ट जोन ८५ दशमलव ५१ विन्दुमा छ ।
यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन २४ दशमलव ४६ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।
सोमवारको शेयर मूल्य रु. ४५३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए
रु. ४०८ मा टेवा पाउने देखिन्छ । कम्पनीको यो मूल्य ६० कारोबार दिनयताकै उच्च रहेको छ ।