ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल फाइनान्स लिमिटेड : कम्पनी विश्लेषण (मंगलवार, २५ जेठ २०७८)

२०७८ जेठ, २५  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीले ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति गर्न लागेको छ । दुवै कम्पनीले प्राप्तिसम्बन्धी प्रस्ताव पारितका लागि एकै दिन जेठ २८ गते विशेष साधारणसभा बोलाएका छन् । नेपाल फाइनान्सले केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे र ललितपुर फाइनान्सले केन्द्रीय कार्यालय लगनखेल, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको हो । नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्न गत पुस २३ गते प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौता गरेको थियो ।

नेपाल फाइनान्सले १ बराबर १ शेयर आदानप्रदान गर्ने सम्झौताबमोजिम ललितपुर फाइनान्सलाई प्राप्तिगर्न लागेको हो । रु. ३० करोड ५५ लाख ५१ हजार चुक्ता पुँजी भएकोे नेपाल फाइनान्सले रु. २३ करोड ६८ लाख ७४ हजार चुक्ता पुँजी रहेको ललितपुर फाइनान्सलाई प्राप्ति गर्न लागेको हो । कुल सम्पत्ति रु. ९५ करोड ५ लाख ३४ हजार रहेको कम्पनीको प्रतिशेयर आम्दानी रु. २ दशमलव ११ र प्रतिशेयर नेटवर्थ रु. १३६ दशमलव ०९ रहेको छ ।

तेस्रो त्रैमाससम्म रु. ७७ लाख ७७ हजार खुद नाफा गरेको कम्पनीको सोमवार रु. २२ ले बढेर अन्तिम शेयर मूल्य प्रतिकित्ता रु. ४३४ कायम भएको छ ।

निष्कर्ष
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो ओपनिङ मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य बढेको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६८ दशमलव ७७ बिन्दुमा छ ।

यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १३ दशमलव शून्य १ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । सोमवारको शेयर मूल्य रु. ४३४ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३९८ मा टेवा पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)