बैंकको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा मंगलवार ७ रुपैयाँले वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रु. ४८६ पुगेको हो । चालू आवको तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रु. १ अर्ब ४० करोड ९५ लाख रहेको छ ।
यही नाफाबाट बैंकले शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछ । एनएफआरएस प्रणालीअनुसार बैंकले आर्जन गरेको नाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । बैंकले चालू आवको तेस्रो त्रैमाससम्म रु. १ अर्ब ८५ करोड ६१ लाख ६९ हजार नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमाससम्म बैंकले रु. १ अर्ब ६१ करोड ८७ लाख नाफा कमाएको थियो । बैंकको प्रतिशेयर आम्दानी रु. २५ दशमलव ७३ रहेको छ ।
गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ३ दशमलव ६० प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
निष्कर्ष
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएकोे सेतो शरीरको मैनबत्ती बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य बढेको संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७६ दशमलव ६३ बिन्दुमा छ ।
यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १५ दशमलव ७७ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । मंगलवारको शेयर मूल्य रु. ४८६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ४४२ मा टेवा पाउने देखिन्छ ।