ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल क्रेडिट एन्ड कमर्श बैंक लिमिटेड : कम्पनी विश्लेषण (बुधवार, २६ जेठ २०७८)

२०७८ जेठ, २६  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

बैंकको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा मंगलवार ५ रुपैयाँले वृद्धि भएको हो । शेयर मूल्य प्रतिकित्ता रु. ३७२ पुगेको हो ।

यस दिन बैंकको ५ लाख २६ हजार ४३० कित्ता शेयर खरिद विक्री भएको छ । बैंकले चालू आवको तेस्रो त्रैमाससम्म रु. १ अर्ब १० करोड नाफा कमाएको छ । गत आवको तुलनामा नाफा चालू आवमा ५ दशमलव ५ प्रतिशतले कमी आएको हो ।

गत आवको तेस्रो त्रैमासम्म बैंकले रु. १ अर्ब १६ करोड ५८ लाख नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमाससम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा कमी आएकाले नाफा घटेको हो ।

नाफामा कमी आएसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि कमी आएको छ । गत आवमा बैंकको प्रतिशेयर आम्दानी रु. १५ दशमलव ०७ रहेकामा चालू आवमा घटेर रु. १४ दशमलव २३ मा सीमित भएको हो ।

निष्कर्ष
कम्पनीको ६० दिनको कारोबार अवधिको अन्तिम दिनमा लङ लेग्ड डोजी बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्यमा अनिश्चितता रहेको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५९ दशमलव ६८ बिन्दुमा छ ।

यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ६ दशमलव ४६ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।

मंगलवारको शेयर मूल्य रु. ३७२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३५६ मा टेवा पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)