ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घर डिजाइनमा थ्रीडीको प्रयोग

यस्ता हुन्छन् फाइदा

२०७८ जेठ, २८  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कुनै बेला ठेकेदारले डोरीले चार कुना नापेकै भरमा घर बनाइने चलन थियो । समथर भूभाग तथा समथर जग्गा बनाएर घर बनाइए । तर, पछिल्लो समय यो क्रम बदलिएर नक्सा तथा डिजाइन पास नगराई घर बनाउन नपाइने चलन अनिवार्य बनेको छ ।

घरको नक्सा, डिजाइन स्वीकृत हुनु र बनाउनु नै घर निर्माण गर्नुसरह हुन्छ । सबैभन्दा जटिल र महत्वपूर्ण पाटो नक्सा तथा डिजाइन हुने गर्छ । आफूले बनाउने नक्सा तथा डिजाइनमै संवेदनशील बन्नुपर्छ । नक्सा तथा डिजाइन सम्बन्धित निकायमा पास गराउनु अनिवार्य छ नै ।  सोही नक्सा डिजाइनलाई कसरी प्रविधिको प्रयोग गरेर घर नबन्दै सफ्टवेयरको माध्यमबाट भिजुअलाइजेसन गर्न सकिन्छ भन्ने जान्न घर डिजाइनमा थ्रिडीको प्रयोग गरिन्छ ।

खासगरी सहरी भेगमा बनाइने आवासीय भवन, ठूला घर तथा अन्य बिल्डिङमा यसको प्रयोग गर्न सकिन्छ । थ्रीडी भिजुअलाइजेसन भनेको नक्सा तथा डिजाइनका आधारमा कस्तो घर, बिल्डिङ बन्दै छ भन्ने विषयमा घर नबन्दै सफ्टवेयरको माध्यमबाट पहिलै ग्राहक तथा घरधनीलाई घर देखाउने प्रविधि भएको ग्रिन डिजाइन एसोसिएट्सकी प्रबन्ध निर्देशक (एमडी) तथा आर्किटेक्ट प्रतीक्षा श्रेष्ठ बताउँछिन् ।

कस्तो घर बन्दै छ, कहाँ–कहाँ,
के–कस्ता सामग्रीको प्रयोग गर्ने, पिल्लरलगायत बनावटका सामग्री, स्यानिटरी जस्तै पानीका पाइप लाइन, बिजुलीका लाइनहरू कहाँ राख्ने र कुन बिन्दुबाट कता लैजाँदा बढी लाभ हुन्छ भन्नेजस्ता कुरा स्पष्ट देखिने हुँदा घर तथा आवासीय भवन बनाउँदा यसको प्रयोगले फाइदा गर्ने श्रेष्ठ बताउँछिन् ।

थ्रिडी ड्रइङ प्रभावकारी रूपमा गरेर भिजुअलाइज गर्दा पछि घर निर्माण गर्दा र भइसकेपछि कुनै पनि त्रुटि हुनबाट बच्न सकिने उनको तर्क छ । एक किसिमको सफ्टवेयरबाट घर डिजाइनअनुसार भिजुअलाइज गर्न सकिने र हेर्न मिल्ने हुन्छ । नक्सा तथा डिजाइन गर्दा नै इन्जिनियर तथा आर्किटेक्टले ग्राहकलाई जानकारी गराउने र माग भए डिजाइनअन्तर्गत नै राखेर थ्रीडी भिजुअलाइज गराउने गरेको श्रेष्ठ सुनाउँछिन्  ।

डिजाइन सँगसँगै यो त्यसकै भागमा राखिने भएकाले छुट्टै खर्च भने नलिने तर केही रकम बढ्ने उनको भनाइ छ । अहिले  थ्रीडी ड्रइङ प्रचलनमा आइसकेको छ । यसले घर बनाउनुपूर्व सफ्टवेयरमार्फत घरको आकार, रुमलगायत बनावट नै स्पष्ट देख्न सकिन्छ । नक्सा तथा डिजाइन सबैभन्दा महत्वपूर्ण पाटो हो । घर, इन्टेरियर, बाथरुम, रेस्ट्रो क्याफे डिजाइन, लिभिङ रुम, किचेन डिजाइन सेवा उपलब्ध गराउँदै आएको उनको कम्पनीले थ्रीडी ड्रइङ पनि गर्छ ।

घरको नक्सा तथा डिजाइन बनाइसकेपछि थ्रीडी भिजुअलाइज गरिने बताउँदै उनले भनिन्, ‘प्लम्बिङ, बिजुलीका पाइप तथा लाइन नमिल्दा हुने जोखिम थ्रीडी ड्रइङपछि सफ्टवेयरबाट देखिने भिजुअलाइजले कम गराउने र समाधानका लागि समयमै जानकारी हुने हुँदा लाभदायी हुन्छ ।’

घर बनाउनुपूर्व नक्सा तथा डिजाइन सम्बन्धित निकायबाट स्वीकृत गराउनु अनिवार्य भए पनि यसले घरधनीलाई फाइदा हुने कोडनिक्स इन्जिनियरिङ कन्सल्टेन्सीका एमडी विनोद शर्मा न्यौपाने बताउँछन् । घर बनाउने बजेट, घरको ब्युटिफिकेसन, सेफ्टी तथा सेक्युरिटीज, स्यानिटरी डिजाइन इलेक्ट्रिसिटीका साथै भूकम्पप्रतिरोधी घर तथा भवन बनाउन पनि डिजाइनबाटै स्पष्ट गर्नुपर्ने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)