कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बिहीबार ३ दशमलव १९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ५५० पुगेको हो । यो दिन कम्पनीको ४ लाख ५५ हजार ६२५ कित्ता शेयर खरिद बिक्री भएको हो ।
कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रु. ६७ करोड ८२ लाख ७६ हजार नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमाससम्म रु. ४९ करोड ६४ लाख १९ हजार नाफा कमाएको थियो । गत आवको तुलनामा चालू आवमा नाफा ३६ प्रतिशतले वृद्धि भएको हो ।
चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रु. २० दशमलव ४४ रहेकामा चालू आवमा वृद्धि भएर रु. २४ दशमलव ६० पुगेको हो ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण गरेको हो । यो बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत गराइसकेको छ ।
निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्यांगिङ म्यान बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य बियरिसमा रिभर्सलको संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७५दशमलव ५३ बिन्दुमा छ ।
यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ३० दशमलव ४० बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीबारको शेयर मूल्य रु. ५५० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ४७९ मा टेवा पाउने देखिन्छ ।