कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बिहीबार ४ दशमलव ४४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयर मूल्य रु. ६११ सम्म पुगेको थियो । बिहीबार कम्पनीको शेयर मूल्य रु. ६२५ सम्म पुगेको थियो ।
कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रु. १० करोड ७० लाख ७६ हजार नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रु. १२ करोड ८ लाख १२ हजार नाफा कमाएको थियो ।
गत आवको तुलनामा नाफामा चालू आवमा ११ प्रतिशतले कमी आएको हो । नाफामा कमी आएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि कमी आएको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रु. २३ दशमलव २३ रहेको चालू आवमा घटेर रु. १७ दशमलव ९०मा सीमित भएको हो । चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा रु. ७ करोड ७ लाख २२ हजार रहेको छ ।
निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिन ड्रागनफ्लाई डोजी बनेको छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य घट्ने संकेत गर्छ । यद्यपि यसका लागि अर्को कारोबार दिनको मैनबत्तीले पुष्टि गर्नुपर्नेछ । आरएसआई ओभरबौज्ट जोन ७२ दशमलव ९७ बिन्दुमा छ ।
यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १५ दशमलव ७३ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।
बिहीबारको शेयर मूल्य रु. ६११ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ५०२ मा टेवा पाउने देखिन्छ ।