कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बिहीबार १ रुपैयाँले बढेको छ । शेयर मूल्य प्रतिकित्ता रु. ३६० कायम भएको छ । यो दिन कम्पनीको ७९ हजार १४२ कित्ता शेयर खरिद बिक्री भएको हो ।
चालू आवको तेस्रो त्रैमाससम्म रु. १ करोड ४ लाख ३९ हजार नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनी रु. ३८ लाख ४९ हजार नोक्सानीमा रहेको थियो । चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले र सञ्चालन नाफामा सुधार आएकाले नाफा बढ्न टेवा पुगेको हो ।
कम्पनीको प्रतिशेयर नेटवर्थ रु. २ दशमलव ०८, मूल्य आम्दानी अनु्पात ९४ दशमलव ८० र प्रतिशेयर नेटवर्थ रु. १०७ दशमलव ५४ पुगेको छ । हालसम्ममा कम्पनीले १८ वटा शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा पुच्छर भएको कालो शरीरको मैनबत्ती बनेको छ । हेर्दा ह्याम्मरजस्तो देखिने यो मैनबत्तीले आगामी बजारमा कम्पनीको शेयर मूल्य घट्ने संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७८ दशमलव ६८ बिन्दुमा छ ।
यसले शेयर खरिद चाप उच्चरहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १६ दशमलव ६४ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।
बिहीबारको शेयर मूल्य रु. ३६० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३२४ मा टेवा पाउने देखिन्छ ।