ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड : कम्पनी विश्लेषण (आइतवार, ३० जेठ २०७८)

२०७८ जेठ, ३०  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बिहीबार स्थिर रहेको छ । शेयर मूल्य प्रतिकित्ता रु. ३७२ रहेको छ । यो दिन कम्पनीको शेयर मूल्य रु. ३८० सम्म पुगेको थियो ।

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रु. ४ करोड ५२ लाख ७३ हजार नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले रु. ५ करोड २३ लाख ३४ हजार नाफा कमाएको थियो । नाफामा गत आवको त्ुलनामा चालू आवमा १८ प्रतिशतले कमी आएको हो ।नाफामा कमी आएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि कमी आएको छ ।

गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रु. ६ दशमलव ६५ रहेकामा चालू आवको सोही अवधिमा रु. ५ दशमलव १० मा सीमित भएको हो ।

निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्याम्मर बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य बियरिसमा जाने संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७६ दशमलव ९२ बिन्दुमा छ ।

यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १६ दशमलव ७० बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीबारको शेयर मूल्य रु. ३७२ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३४० मा टेवा पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)