कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा रु. १ रुपैयाँले वृद्धि भएको छ । आइतवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ४४६ पुगेको छ । कम्पनीको २ लाख ९९ हजार ३५७ कित्ता शेयर खरिद विक्री भएको छ ।
चालू आवको तेस्रो त्रैमासमा कम्पनीको वितरणयोग्य नाफा रु. १ अर्ब ४७ करोड ४६ लाख रहेको छ । एनएफआरएस प्रणालीअनुसार कम्पनीले आर्जन गरेको नाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो ।
कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रु. २ अर्ब २६ करोड २२ लाख खुद नाफा आर्जन गरेको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रु. १ अर्ब ९९ करोड ६५ लाख नाफा कमाएको थियो । गत आवको तुलनामा चालू आवमा कम्पनीको नाफा १३ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीको प्रतिशेयर आम्दानी रु. २३ दशमलव ८७ रहेको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओेपनिङ मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५५ दशमलव २३ बिन्दुमा छ ।
यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ३ दशमलव ४४ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । आइतवारको शेयर मूल्य रु. ४४६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ४३२ मा टेवा पाउने र महँगिए रु. ४६० मा प्रतिरोध पाउने देखिन्छ ।