ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (मंगलवार, १ असार २०७८)

२०७८ असार, १  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीको शेयर मूल्य सोमवार प्रतिकित्ता रु. २ हजार ८४० कायम भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा सोमबार कम्पनीको शेयर मूल्यमा ८० रुपैयाँले कमी आएको हो ।

नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २ दशमलव ४ गुणा वृद्धि भएको छ । कम्पनीले गत आवको तेस्रो त्रैमासमा रु. ८ करोड ४६ लाख ६३ हजार नाफा कमाएकामा चालू आवको सोही अवधिमा वृद्धि भएर रु. २१ करोड १५ लाख ७४ हजार पुगेको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।

साथै, कम्पनीले रु. ७ करोड ७८ लाख खराब कर्जा उठाउन सफल भएकाले पनि नाफा बढ्नमा टेवा पुगेको हो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ८४ प्रतिशत र सञ्चालन नाफामा ९३ प्रतिशतले वृद्धि भएको छ ।  

चुक्ता पूँजी रु. ३३ करोड ८ लाख रहेको कम्पनीले जगेडा कोषमा रु. २७ करोड ८१ लाख सञ्चित  गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रु. ८५ दशमलव २६ रहेको छ ।

निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्यमा गिरावट आउने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५६ दशमलव शून्य ३ बिन्दुमा छ ।

यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ९५ दशमलव ५० बिन्दुमा छ । उतारचढाव उच्च रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम बढी हुन्छ भने प्रतिफल पनि बढी हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । सोमबारको शेयर मूल्य रु. २ हजार ८४० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. २ हजार ७२६ मा टेवा पाउनेर महँगिए २ हजार ८९० मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)