ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (बुधवार, २ असार २०७८)

२०७८ असार, २  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा मंगलवार १३ रुपैयाँले घटेर प्रतिकित्ता रु. १ हजार ६०३ पुगेको छ । कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३ दशमलव ४ गुणा अर्थात् २४७ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले गत आवको तेस्रो त्रैमासमा रु. ५ करोड २६ लाख खुद नाफा गरेकामा चालू आवको सोही अवधिमा वृद्धि भएर रु. १८ करोड ३० लाख पुगेको हो ।

चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २४२ प्रतिशत र सञ्चालन नाफा २२० प्रतिशतले वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।

नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रु. १६ दशमलव २९ रहेकामा चालू आवको सोही अवधिमा वृद्धि भएर रु. ३२ दशमलव ७५ पुगेको  हो ।

चुक्ता पुँजी रु. १ अर्ब ७३ करोड ९४ लाख रहेको कम्पनीले जगेडा कोषमा रु. ७९ करोड ५३ लाख सञ्चित गरेको छ । जगेडा कोष पनि गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २४९ प्रतिशतले वृद्धि भएको हो ।

निष्कर्ष
कम्पनीको ५२ दिनको कारोबार अवधिको अन्तिम दिनमा फोरप्राइस डोजी बनेको छ । यस्तो आकृतिले बजारमा कारोबार अन्योलमा रहेको संकेत गर्छ । यस्तो मैनबत्तीले बजारमा कम्पनीको शेयर मूल्य खरिद विक्री गर्न अठोटको अभावलाई देखाउँछ । आरएसआई न्युट्रल जोन ४५ दशमलव ८८ बिन्दुमा छ ।

यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ८ दशमलव ७२ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । मंगलवारको शेयर मूल्य रु. १ हजार ६०३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिए रु. १ हजार ६७३ मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)