कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बुधवार ५३ रुपैयाँले उकालो लागेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. २ हजार २६५ पुगेको हो । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रु. ६ करोड ९९ लाख नाफा कमाएको छ ।
कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म रु. ३ करोड ३४ लाख ७१ हजार नाफा कमाएको थियो । नाफा गत आवको तुलनामा चालू आवमा १०८ प्रतिशतले वृद्धि भएको हो ।
चालू आवको तेस्रो त्रैमाससम्म कम्पनीको खुद ब्याज आम्दानी, सञ्चालन नाफा र रु. ६२ करोड ९८ लाख खराब कर्जा उठाउन सफल भएकाले नाफा बढ्नमा टेवा पुगेको हो ।
चुक्ता पुँजी रु. १७ करोड ६१ लाख ६९ हजार रहेको कम्पनीले जगेडा कोषमा रु. ११ करोड ४१ लाख सञ्चित गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रु. ५२ दशमलव ९१ रहेको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १७ दशमलव ८१ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा लङ्गलेग्ड डोजी बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको हालको प्रवृत्ति अन्योलमा रहेको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४३ दशमलव ९३ बिन्दुमा छ ।
यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १७ दशमलव ९३ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्य रेखा र १४ दिने औसत मूल्यरेखा एकै बिन्दुमा छन् । बुधवारको शेयर मूल्य रु. २ हजार २६५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. २ हजार २१२मा टेवा पाउने र महँगिए रु. २ हजार ३२८ मा प्रतिरोध पाउने देखिन्छ ।