कम्पनीको शेयर मूल्यमा अघिल्लो कारोबार दिनको तुलनामा सोमबार २५ रुपैयाँले कमी आएको छ । शेयर मूल्य प्रतिकित्ता रु. १ हजार २९० मा झरेको हो । कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रु. २० करोड ५३ लाख ३० हजार नाफा कमाएको छ ।
गत आवको तेस्रो त्रैमासमा कम्पनीले रु. १५ करोड १४ लाख नाफा कमाएको थियो । नाफा गत आवको तुलनामा चालू आवमा ३५ प्रतिशतले वृद्धि भएको हो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।
कम्पनीको प्रतिशेयर आम्दानी रु. २६ दशमलव ४७ रहेको छ । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई यस वर्ष १५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा छोटो टुप्पी र पुच्छरसहितको कालो शरीरको मैनबत्ती बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४७ दशमलव ३७ बिन्दुमा छ ।
यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ३५ दशमलव ९६ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा काटेर तल झरेको छ ।
सोमबारको शेयर मूल्य रु. १ हजार २९० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १ हजार २६८ मा टेवा पाउने र महँगिए रु. १ हजार ३४५ मा प्रतिरोध पाउने देखिन्छ ।