कम्पनीले ३० प्रतिशत हकप्रद शेयर विक्रीको तयारी गरेको छ । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा जेठ २७ गते निवेदन दिएको छ । कम्पनीले १० बराबर ३ को अनुपातमा रु. २४ करोड ३३ लाख ३६ हजार २६७ दशमलव ४२ बराबरको २४ लाख ३३ हजार ३६३ दशमलव ६७ कित्ता हकप्रद शेयर निष्कासन गर्न बोर्डसँग अनुमति मागेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी रु. ८१ करोड ११ लाख २१ हजार रहेको छ । सोही पुँजीको आधारमा कम्पनीले हकप्रद शेयर विक्री गर्न लागेको हो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा रु. २६ करोड ९४ लाखभन्दा बढी, रिटर्न अर्निङमा रु. १९ करोड ५७ लाखभन्दा बढी र शेयर प्रिमियममा रु. ४८ लाखभन्दा बढी रहेको छ ।
सो अवधिसम्म रु. ९ करोड ५७ लाखभन्दा बढी वितरणयोग्य नाफा रहेको कम्पनीले रु. ११ करोड ७७ लाखभन्दा बढी खुद नाफा गरेको छ । बिहीवार कम्पनीको शेयर मूल्य २ दशमलव २३ प्रतिशत अर्थात् प्रतिकित्ता रु. १७ ले बढेर अन्तिम मूल्य रु. ७८१ कायम भएको छ ।
निष्कर्ष
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा सामान्य डोजी बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको हालको प्रवृत्ति अन्योलमा रहेको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५७ दशमलव ४३ बिन्दुमा छ ।
यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १० दशमलव ४५ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा नजिकिन खोजेका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाको बीचमा छ ।
बिहीवारको शेयर मूल्य रु. ७८१ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ७५३ मा टेवा पाउने र महँगिए रु. ८२० मा प्रतिरोध पाउने देखिन्छ ।