ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महिला लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (आइतवार, २७ असार २०७८)

२०७८ असार, २७  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

केही समयअघि मात्र आईपीओ निष्कासन गरेको महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य बिहीबार प्रतिकित्ता रु. ४ हजार ८०० कायम भएको छ । यस दिन कम्पनीको शेयर २ हजार ४२९ कित्ता कित्ता शेयर खरिद विक्री भएको हो ।

कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आएको दुई महिना भएको छ । दुई महिने कारोबार अवधिमा कम्पनीको शेयर मूल्य उच्च रु. ५ हजार ३९० सम्म पुगेको थियो । कम्पनीको आईपीओ परेका लगानीकर्ताले छोटो समयमै आकर्षक प्रतिफल पाएका थिए ।  कम्पनीको शेयर मूल्य प्रतिकित्ता ८४१ म खुला भएर सर्किट लेबलमा वृद्धि ५ हजारभन्दा माथि पुगेको थियोे ।

कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रु. ६ करोड ४२ लाख नाफा कमाएको छ । गत आवको तुलनामा चालू आवमा कम्पनीको नाफा ११२ प्रतिशतले वृद्धि भएको हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले रु. ३ करोड २ लाख नाफा कमाएको थियो ।

चालू आवको तेस्रो त्रैमासमा खुद ब्याज आम्दानी, सञ्चालन नाफा र रु. २ करोड १७ लाख  खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले पनि नाफा बढ्न टेवा पुगेको हो । आईपीओ निष्कासनपछि कम्पनीको चुक्ता पुँजी रु. १० करोड पुगेको छ ।

निष्कर्ष
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५६ दशमलव ८४ बिन्दुमा छ ।

यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ५५ दशमलव ७१ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाको बीचमा छ ।
बिहीबारको शेयर मूल्य रु. ४ हजार ८०० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ४ हजार ३२० मा टेवा पाउने र महँगिए रु. ५ हजार ४ मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)