ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

समिट लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (आइतवार, २७ असार २०७८)

२०७८ असार, २७  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा बिहीबार १ रुपैयाँले वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रु. १ हजार ६३६ पुगेको हो । यस दिन कम्पनीको २ हजार ११ कित्ता शेयर खरिद विक्री भएको छ ।

कम्पनीले चालू आवको तेस्रो त्रैमासमा रु. १० करोड १ लाख नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमासको तुलनामा नाफा चालू आवको सोही अवधिमा १७८ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले गत आवको तेस्रो त्रैमासमा रु. ३ करोड ५९ लाख १२ हजार नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।

चुक्ता पुँजी रु. ३९ करोड ४३ लाख रहेको कम्पनीले जगेडा कोषमा रु. २० करोड २४ लाख सञ्चित गरेको छ । प्रतिशेयर आम्दानी रु. ३३ दशमलव ८८ रहेको छ । चालू आव ०७७/७८  अन्त्यसम्म कुल शाखा कार्यालय १०० पु¥याउने लक्ष्य लिएको वित्तीय विवरणमा सार्वजनिक गरेको छ ।

निष्कर्ष
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा इन्भर्टेड ह्याम्मर मैनबत्ती बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको हालको प्रवृत्तिबाट उकालो लाग्न सक्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४४ दशमलव ८२ बिन्दुमा छ ।

यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन २१ दशमलव शून्य ३ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखाले १४ दिने औसत मूल्यरेखालाई काटेर माथि लागेको छ ।

बिहीबारको शेयर मूल्य रु. १ हजार ६३६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १ हजार ५८० मा टेवा पाउने र महँगिए रु. १ हजार ६७२ मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)