ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घरको प्लास्टर सुर्खी : हुन सक्छ उपयुक्त विकल्प

२०७८ सावन, १  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.

काठमाडौं । घर बनाइसकेपछि सिमेन्ट अर्थात् कंक्रिटबाट प्लास्टर गर्ने सोचमा हुनुहुन्छ वा यसको विकल्प खोज्नुभएको छ ?  त्यसो हो भने सुर्खी तपार्इंका लागि उपयुक्त विकल्प तथा रोजाइ हुन सक्छ । नेपालका पुराना नेवारी शैलीका घरमा कहीँ–कतै सुर्खीको प्रयोग भएको देख्न सकिन्छ ।

तर, आधुनिक सहरको विस्तार हुँदै जाँदा सिमेन्ट, बालुवा अर्थात् कंक्रिटका घरको हिस्सा बढी छ । यसको बढ्दो प्रयोगले सहरको सौन्दर्य कायम राख्नुभन्दा पनि उराठलाग्दो बनाउन थालेको छ । सबैतिर यसको प्रयोग हुँदा आफ्नो घरलाई नयाँ शैली अझ  युरोपतिरका जस्ता रंग, कंक्रिटबिनाका घर बनाउन चाहनुहुन्छ भने सुर्खी उपयुक्त विकल्प हुन सक्छ । यसमा कम खर्च, आकर्षक शैली, लिभिङ रूपमा समेत लगाउन सकिने, जुनसुकै स्थानमा पनि प्रयोग गर्न सकिने,  टिकाउ र जति पुरानो भयो उति नै राम्रो एवं बलियो हुने भएकाले यो उत्कृष्ट रोजाइ बन्न सक्छ ।

घर बनाइसकेपछि घरको प्लास्टर, पुटिङ, प्राइमर तथा सुहाउँदो रंग लगाउनेजस्ता विषयले पनि घरधनीलाई सताउँछ । खासगरी सहरमा घर थपिँदै जाँदा कंक्रिटको सहर उपमा पाएको हुन्छ । सबैतिर प्लास्टरका घर बनेका हुँदा अन्य घरभन्दा फरक कसरी बनाउने सोचमा हुनुहुन्छ भने तपाईंको विकल्प चिनियाँ सुर्खी पर्न सक्छ । नयाँ घरमा रंगरोगन लगाउँदा लाग्ने खर्चमा झन्डै ५० प्रतिशत बचत हुन सक्छ । कम खर्च तर टिकाउ र बलियो हुने सुर्खीको प्रयोग गरेर घरलाई नयाँ डिजाइन तथा अरूभन्दा फरक बनाउन सकिन्छ ।

चिनियाँ सुर्खीको उत्पादन, यसको प्रयोग गराउन जनशक्ति तयार गर्दै आएका र ७ वर्षदेखि सुर्खी  लगाउँदै आएका कान्तिपुर सुर्खी सर्भिसका सञ्चालक रवि योञ्जन सुर्खी लगाउँदा कम खर्च  र बलियो हुने बताउँछन् । घर बनाउँदा बाहिरका भित्तामा  प्लास्टर गरिन्छ । प्लास्टर गर्दा बालुवा, सिमेन्ट, जनशक्तिमा ज्याला खर्च बढी हुन्छ ।

घर बनिसकेपछि प्लास्टर गर्ने र त्यसमा पुटिङ गर्नुपर्छ भने प्राइमर लगाउने, डबल कोट रंग लगाउनुपर्ने हुँदा नेपालको पैसा विदेशिने हुन्छ । तर, अहिले सुर्खीको उत्पादन नेपाली सामग्रीबाटै बनाइने गरेको र जनशक्ति पनि नेपाली नै रहेको योञ्जन सुनाउँछन् । २०/२२ वर्ष विदेशमा काम गरेका योञ्जन अहिले नेपालका खासगरी उपत्यकामा चिनियाँ सुर्खी प्रयोग भएका घर, होटल, रेस्टुराँमा यसको प्रयोग बढेको बताउँछन् ।

विदेश बस्दा चिनियाँबाट सिकेको हुँदा र नेपाल र अन्य देशमा प्रयोग हुने सुर्खीमा फरक रहेकाले यसलाई चाइनिज सुर्खी भनिएको उनको भनाइ छ ।

नेपालमा इँटाको धुलो, ह्वाइट सिमेन्ट मात्र राखिने र औंलाको सहायताले लगाइने हुँदा यो धेरैसम्म टिकाउ नहुने देखिन्थ्यो । यसलाई बदल्न र बलियो बनाउन चुना थपेर चाइनिज सुर्खी भनिएको छ ।

‘नेपालमा सुर्खीको प्रयोग नभएको होइन तर पुरानै परम्परागत शैलीमा प्रयोगमा आएको छ,’ उनी भन्छन्, ‘यसलाई आधुनिक तरिकाबाट गरिएन । सुक्खा मिश्रणलाई औंलाको सहायताले टाल्ने गरिन्थ्यो । अहिले यो मिश्रणलाई भिजाएर सावधानीपूर्वक प्रयोग गरिन्छ ।’

सुर्खी प्रयोग गरेपछि प्लास्टर, रंग, पुटिङ, प्राइमरजस्ता सामग्री प्रयोग गर्नुपर्दैन । यसले गर्दा यी रंगरोगनका सामग्री किन्ने रकमको आधाजति बचत हुने उनी बताउँछन् ।

सुर्खी के हो ?
सुर्खी इँटाको धुलो, वाइट सिमेन्ट र चुनाबाट बनेको एक प्रकारको मिश्रण हो । नयाँ घर प्लास्टर भइनसकेका र इँटा ७ देखि ८ एमएमको ग्याप राखेर त्यसमा सुर्खीको मिश्रण प्रयोग गरिन्छ । चाइनिज सुर्खीको मिश्रणलाई नवनिर्मित अर्थात् सिमेन्टले प्लास्टर गर्न नचाहने घरका ती इँटाको ग्यापमा राखिन्छ । यसले घरलाई बलियो बनाउनुका साथै आकर्षक डिजाइन, सिमेन्टको प्लास्टर गर्नबाट छुटकारा दिन्छ ।

चाइनिज सुर्खी घर बाहिर तथा बैठक कोठामा प्रयोग गर्न उपयुक्त मानिन्छ । यद्यपीिघरधनीको इच्छाअनुसार घरको जुनसुकै स्थानमा यसलाई प्रयोग गर्न सकिन्छ ।

कति हुन्छ खर्च र हेरचाह कसरी गर्ने ?
इटाँको धुलो, वाइट सिमेन्ट र चुनाको मिश्रणलाई राम्रोसँग मिलाउन सके टिकाउ हुने बताउँदै  योञ्जन भन्छन्, ‘घर नभत्किँदासम्म यसमा कुनै क्षति हुँदैन । तर, यसको मात्रा मिलाउने विशेष खाले तरिका र तालिम प्राप्त जनशक्ति प्रयोगमा उचित ध्यान भने दिनुपर्छ ।’

सुर्खीको प्रयोग अहिले बढ्दो छ । सामान्य घरमा यसको प्रयोग गर्दा  ८० देखि ९० हजार खर्च हुने उनी सुनाउँछन् । इँटाको सेप नै स्पष्ट देखिने गरी सुर्खीको प्रयोग गरिन्छ । यसलाई घामपानीले पनि केही असर गर्दैन । जति पुरानो भयो उति बलियो र राम्रो हुँदै जान्छ । यसलाई अझ बलियो र हेरचाह पुगोस् भन्न सुर्खी लगाएको ५/६ महिनापछि सिल्कोन नामक केमिकल लगाए झनै लाभकारी हुन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [2]
User Image

om

[Jul 17, 2021 02:58am]

how can i get more information about this? any contact numbers...


User Image

ram GIRI

[Jul 16, 2021 09:56am]

i like this product.give more details with contact



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)