ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

माछापुच्छ्रे बैंक : कम्पनी विश्लेषण (सोमवार, ४ साउन २०७८)

२०७८ सावन, ४  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार ७ दशमलव २७ प्रतिशतले वृद्धि भएको हो । शेयर मूल्य प्रतिकित्ता रु. ४१३ कायम भएको हो । यो दिन कम्पनीको ४ लाख ५४ हजार ५१७ कित्ता शेयर खरिबद बिक्री भएको छ ।

कम्पनीले असार ३१ गतेदेखि ३० लाख कित्ता ऋणपत्र निष्कासन गरिरहेको छ । यसमध्ये १२ लाख कित्ता सर्वसाधारणका लागि र १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गर्नेछ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

ऋणपत्रमा आवेदकले छिटोमा साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन् । यस अवधिमा बिक्री नभए साउन १७ गतेसम्म आवेदन दिन पाइने कम्पनीले जानकारी गराएको हो ।

निष्कर्ष
कम्पनीको ६४ दिनको कारोबार अवधिको अन्तिम दिनमा सेतो ओपनिङ मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य बढ्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६८ दशमलव ९९ बिन्दुमा छ ।

यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ११ दशमलव ३० बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । आइतवारको शेयर मूल्य रु. ४१३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३८४ मा टेवा पाउने देखिन्छ । कम्पनीको यो दिनको शेयर मूल्य ६४ कारोबार दिनयताकै उच्च कायम रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)