ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

घरको छत उपयोगमा विकल्प हुन सक्छ रुफटप मोडुलर फार्म

२०७८ सावन, ८  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अहिले सहर–बजारका घरमा कौसी खेती गर्ने प्रचलन बढ्दो छ । सहरी क्षेत्रमा खेती गर्ने जमिन खुम्चिँदै जाँदा घरका छतमा सानो गमला राखेरै भए पनि खुर्सानी फलाउने लहर चलेकै छ । घरको खाली छतलाई उपयोग गर्न रुफटप मडुलर फार्म विकल्प बन्न सक्छ ।

रुफटप मडुलर फार्म कौसीबारी नै हो । खाली छतको सदुपयोग गर्न यो विधि अपनाइने गरेको अभियान एग्रोका संस्थापक सुवास पण्डित बताउँछन् ।

उनका अनुसार यसमा घरधनी आफैंले घरमा रहेका सामग्रीको प्रयोग गरेर सेटअप गर्न सक्छन् । जस्तै, प्रयोगमा नआउने बाँटा, ड्रम, बाक्लो प्लास्टिक, बोरामा माटो भरेर आफूलाई अनुकूल हुने तरकारी, विभिन्न फलफूलका साथै फूल लगाउन पनि सकिन्छ ।

काठमाडौंमा कौसीबारी अभियानलाई अघि बढाएको उनको समूहले घरको छत तथा  कौसीमा टनेल खेतीमा सघाउँदै आएको छ । कौसीमा टनेल राखेर सिजनल तरकारी खेती अर्थात् आफ्नै परिवारलाई पुग्ने तरकारी उत्पादन गर्न रुफटप मडुलर फार्म बनाउन सकिने बताउँछन्, पण्डित ।

बन्दाबन्दीका कारण घरमा बस्ने समय यसको माग बढी भएको र हालसम्म ८१ वटा टनेलमार्फत घरधनीलाई टनेलबाट खेती गर्न सिकाएको उनले बताए ।

पछिल्लो समय कौसी खेती गर्ने प्रचलन बढेसँगै टनेलमा पनि आकर्षण बढेको उनको बुझाइ छ । आफ्नो घरको छत अथवा कौसीमै मिनी टनेल, रेज्ड बेड अथवा फलामको स्ट्यान्ड राखेर अर्गानिक तरकारी खेती गर्न र खान सकिने उनको भनाइ छ ।

यसले छत तथा कौसीको मात्र उपयोग हुँदैन, स्वास्थ्य पनि राम्रो हुने, घर वरिरि हावा राम्रो हुने, घर राम्रो देखिने, थोरै भए पनि कसरत हुने र घरको बजेट बचत हुनेजस्ता फाइदा हुने पण्डित सुनाउँछन् ।

बर्खायाम सकिन लाग्दै गर्दा के–कस्ता बिरुवा, तरकारी लगाउने सोचमा हुनुहुन्छ भने अब काउली, बन्दा, सिमी, गोलभेडाजस्ता हिउँदे तरकारीका बिरुवा उमार्न अबको  समय उपयुक्त हुन्छ । अहिले लहरे तरकारी खेती गर्नुभएको छ भने  त्यसलाई केही समय राखेर पनि बिउ रोप्न सकिन्छ । अहिले नै हतार गरिहाल्नुपर्दैन । तर, समयमै हिउँदे तरकारीको बिउ राख्दा छिट्टै उपयोग गर्न पाइन्छ ।

घरको बाँकी र खाली रहेको हिस्सामा आफूलाई मन परेका तरकारी लगाउन सकिन्छ । यसले घरमा विषादीयुक्त तरकारी प्रयोग रोक्न सकिन्छ भने अर्काेतर्फ घरमै रहेका कुहिने फोहोरलाई पनि यी खेतीमा  प्रयोग गर्न सकिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)