ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गरिमा विकास बैंक : कम्पनी विश्लेषण (आइतवार, १ चैत २०७७)

२०७८ सावन, १०  
कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीको शेयर मूल्य बिहीवार प्रतिकित्ता रु. ५६८ दशमलव ५० कायम भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा ६ रुपैयाँ ५० पैसाले वृद्धि भएको हो । कम्पनीले रु. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कुल १० कित्ता ऋणपत्रमध्ये ४ लाख कित्ता सर्वसाधारणका लागि र ६ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीले वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदरमा ७ वर्षसम्मका लागि ऋणपत्र निष्कासन गर्नेछ ।

विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट स्वीकृति पाएपछि उक्त ऋणपत्र निष्कासन गर्नेछ ।

निष्कर्ष
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्याम्म रबनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य उल्टिने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६२ दशमलव ५५ बिन्दुमा छ ।

यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ९ दशमलव ७२ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।

बिहीवारको शेयर मूल्य रु. ५६८ दशमलव ५० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ५०० मा टेवा पाउने र महँगिए रु. ५९८ मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)