कम्पनीको शेयर मूल्य बिहीवार प्रतिकित्ता रु. ६८३ कायम भएको छ । शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ रुपैयाँले वृद्धि भएको हो । यो दिन कम्पनीको ७० हजार ८८७ कित्ता शेयर खरिद विक्री भएको छ ।
कम्पनीले बिहीवार साउन ७ गतेदेखि १२ लाख ५० हजार कित्ता ऋणपत्र निष्कासन गरिहरेको छ । यसमध्ये ५ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ भने बाँकी रहेको ७ लाख ५० हजार कित्ता व्यक्तिगत तबरबाट विक्री गर्ने जानकारी गराएको हो ।
कम्पनीले वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याजदरमा ७ वर्षसम्मका लागि ऋणपत्र निष्कासन गर्नेछ । यस ऋणपत्रमा आवेदकले न्यूनतम २५ कित्ता र अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
निष्कर्ष
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य घट्न सक्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६३ दशमलव १८ बिन्दुमा छ ।
यसले शेयर खरिद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १० दशमलव ३९ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।
बिहीवारको शेयर मूल्य रु. ६८३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ६०८ मा टेवा पाउने र महँगिए रु. ७२३ मा प्रतिरोध पाउने देखिन्छ ।