ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सप्तकोशी डेभलपमेण्ट बैंक [आधारभूत तथा प्राविधिक विश्लेषण] 

२०७८ सावन, २१  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

साउन २१, काठमाडौं । सप्तकोशी डेभलपमेण्ट बैंकले गत आवको चौथो त्रेमासीक वित्तीय विवरण बिहीवार सार्वजनिक गरेको छ । 

उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १०४ प्रतिशतले वृद्धि भएको छ । गत आवमा कम्पनीले रू. ३ करोड २ लाख नाफा कमाएकोमा गत आवमा वृद्धि भएर रू. ६ करोड १९ लाख ३८ हजारमा पुगेको हो । 

गत आवमा कम्पनीको सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । सञ्चालन नाफा अघिल्लो आवको तुलनामा ११२ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै कम्पनीको वितरण योग्य नाफा रू. ७ करोड ४४ लाख रहेको छ । 

एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको खुद नाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । यी वितरणयोग्य मुनाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछ । 

कम्पनीको लाभांश क्षमता ८ दशमलव ९ प्रतिशत रहेको छ । लाभांश क्षमता वितरण योग्य नाफा/चुक्तापूँजी ×१०० गरेर निकालिन्छ । कम्पनीको नाफामा वृद्धि भएसँगै प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको हो । 

अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३ दशमलव ६२ रहेकोमा गत आवमा वृद्धि भएर रू. ७ दशमलव ४२ पुगेको हो ।  चुक्तापूँजी रू. ८३ करोड ४३ लाख ३८ हजार रहेको कम्पनीले जगेडामा रू. ९ करोड ८० लाख र रिटेण्ड अर्निङमा रू. ७ करोड ४४ लाख ९४ हजार सञ्चित गरेको छ ।  

गत आवको चौथो त्रैमासमा सम्ममा कम्पनीले रू. ४ अर्ब ५१ करोड १७ लाख ३८ हजार निक्षेप संकलन गरेर रू. ३ अर्ब ९९ करोड ३३ लाख कर्जा लगानी गरेको हो । मूल्य आम्दानी अनुपात ४९ दशमलव १७, तरलता अनुपात ३३ दशमलव ८८ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२० दशमलव ६७ रहेको छ । 

प्राविधिक विश्लेषण 
मैनबत्ती चित्र :

                  ६ मे २०२१                                                                                      ५ अगष्ट २०२१


स्ट्यान्डर्ड डेभिएशन :

                         ६ मे २०२१                                                                               ५ अगष्ट २०२१

आरएसआई :

                                     ६ मे २०२१                                                                     ५ अगष्ट २०२१


मुभिङ एभरेज :

                             ६ मे २०२१                                                                     ५ अगष्ट २०२१

निष्कर्ष :
कम्पनीको ६४ दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो टुप्पी भएको सेतो शरीरको मैनबत्ति बनेको छ । सूटिङ स्टार जस्तो देखिने यो आकृतिले बजारमा कम्पनीको हालको प्रवृत्तिमा रिभर्सलको संकेत गर्छ । 

आरएसआई ओभरबौज्ट जोन ७१ दशमलव ५४ विन्दुमा छ । यसले शेयर खरिदचाप उच्चरहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १३ दशमलव८७ विन्दुमा छ । उतारचढाव सामान्यरहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । 

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुबै मूल्यरेखा भन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. ४४६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. ४०५मा टेवा पाउने देखिन्छ । कम्पनीको यो मूल्य ६४ कारोबार दिन यताकै उच्च रहेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)