साउन २५, काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासीक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो अवधिमा कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा खुद नाफा ३ दशमलव २३ गुणा अर्थात् २२३ प्रतिशतले वृद्धि भएको हो ।
कम्पनीले अघिल्लो आवमा रू. २८ करोड ४३ लाख ४५ हजार खुद नाफा गरेकोमा गत आवमा वृद्धि भएर रू. ९१ करोड ९१ लाख ७३ हजार पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले र कम्पनीले रू. ४ अर्ब २६ करोड २३ लाख २३ हजार खराब कर्जा उठाउन कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
कम्पनीको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा ४३ प्रतिशतले वृद्धि भएको छ । चुक्तापूँजी रू.१ अर्ब ६९ करोड ५० लाख रहेको कम्पनीले जगेडामा रू. २ अर्ब ८० करोड १० लाख ४६ हजार सञ्चित गरेको हो । गत आव सम्ममा कम्पनीले रू. ६ अर्ब ३२ करोड ९५ लाख सापटि लिएर रू. १५ अर्ब ८१ करोड ९२ लाख निक्षेप संकलन गरेर रू. २४ अर्ब ७ करोड ७५ लाख ६३ हजार कर्जा लगानी गरेको हो ।
त्यसैगरी, सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ५४ दशमलव २२, मूल्य आम्दानी अनुपात २९ दशमलव ५१ गुणा, तरलता अनुपात १२ दशमलव १७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २६५ दशमलव २५ पुगेको हो । हालसम्ममा कम्पनीले ७७ ओटै जिल्लामा १८१ ओटा शाखा कार्यलयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
प्राविधिक विश्लेषण :
मैनबत्ती चित्र :
१० मे २०२१ ८ अगष्ट २०२१
स्ट्यान्डर्ड डेभिएशन :
१० मे २०२१ ८ अगष्ट २०२१
आरएसआई :
१० मे २०२१ ८ अगष्ट २०२१
मुभिङ एभरेज :
१० मे २०२१ ८ अगष्ट २०२१
निष्कर्ष :
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको लामो कालो शरीरको मैनबत्ति बनेको छ । पछिल्लो तीन दिनको मैनबत्ति हेर्दा ‘थ्री ब्ल्याक क्रोस्’ बनेको छ ।
यसले बजारमा कम्पनीको हालको प्रवृत्तिमा रिभर्सको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ५४ दशमलव ३८ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ४५ दशमलव ७३ विन्दुमा छ । उतारचढाव उच्च रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम उच्च हुन्छ भने प्रतिफल पनि उच्च हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखा भन्दा माथि छ । अघिल्लो कारोबार दिन आइतवारको शेयरमूल्य रू. १ हजार ७२६ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. १ हजार ६४१ मा टेवा पाउने र महंगिएमा १ हजार ७८० मा प्रतिरोध पाउने देखिन्छ ।