साउन २७, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासीक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा २ दशमलव ६ गुणाले वृद्धि भएको हो ।
कम्पनीले अघिल्लो आवमा रू ५ करोड ७२ लाख ३३ हजार खुद नाफा कमाएकोमा गत आवमा वृद्धि भएर रू. १५ करोड ४३ लाख २१ हजार पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानीमा वृद्धि भएकाले, सञ्चालन नाफामा वृद्धि भएकाले रू. ९ करोड ३ लाख ४९ हजार खराब कर्जा संकलन गर्न कम्पनी व्यवस्थापन सफल भएकाले नाफा बढेको हो ।
अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी ३३ प्रतिशत र सञ्चालन नाफा ६० प्रतिशतले वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । साथै कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याउदा सञ्चालन नाफामा वृद्धि हुन पुगि नाफा बढेको देखिन्छ ।
कम्पनीले अघिल्लो आवमा सम्भावित जोखिम बापतको व्यवस्थामा रू. १३ करोड ६२ लाख ५९ हजार छुट्याएकोमा गत आवमा रू. ९ करोड ६९ लाख ६ हजार छुट्याएको हो ।
चुक्तापूँजी रू. ४१ करोड १२ लाख ७९ हजार रहेको कम्पनीले जगेडामा रू. २० करोड ७३ लाख ५३ हजार सञ्चित गरेको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. २ अर्ब ३७ करोड ४२ लाख ८० हजार सापटी लिएर, रू. २ अर्ब ५७ करोड ४६ लाख ७९ हजार निक्षेप संकलन गरी रू. ५ अर्ब ५६ करोड ७४ लाख ४५ हजार कर्जा लगानी गरेको हो । सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ३७ दशमलव ५२, मूल्य आम्दानी अनुपात ३९ दशमलव ९८ टाइम्स, तरलता अनुपात ७ दशमलव २२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १५० दशमलव ४२ रहेको छ ।
प्राविधिक विश्लेषण :
मैनवत्ति चित्र :
१३ मे २०२१ ११अगष्ट २०२१
स्ट्यान्डर्ड डेभिएशन :
१३ मे २०२१ ११ अगष्ट २०२१
आरएसआई :
१३ मे २०२१ ११ अगष्ट २०२१
मुभिङ एभरेज :
१३ मे २०२१ ११ अगष्ट २०२१
निष्कर्ष :
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा आगामी दिनमा कम्पनीको शेयरमूल्य घट्ने संकेत गर्छ ।
आरएसआई न्युट्रल जोन ४९ दशमलव ८० विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २० दशमलव शून्य ४ विन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ ।
यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् ।
हालको मूल्यरेखा २६ दिने औसत मूल्यरेखा नजिक छ । बुधवारको शेयरमूल्य रू. १ हजार ५१५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. १ हजार ४६२मा टेवा पाउनेर महंगिएमा रू. १ हजार ५६० मा प्रतिरोध पाउने देखिन्छ ।