कम्पनीले गत आवको चौथो त्रैमाससम्म रु. ३ अर्ब ६९ करोड ४४ लाख ७० हजार नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमासको तुलनामा खुद नाफा गत आवको सोही अवधिमा १० प्रतिशतले वृद्धि भएको हो ।
अघिल्लो आवमा कम्पनीले रु. ३ अर्ब ३३ करोड १७ लाख खुद नाफा आर्जन गरेको थियो । गत आवमा कम्पनीको अन्य सञ्चालन आम्दानी बढेको र इम्पेरिमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्न टेवा पुगेको हो । कम्पनीको अन्य सञ्चालन आम्दानी अघिल्लो आवमा रु. ३ करोड ५९ लाख रहेकामा गत आवमा वृद्धि भएर रु. ५० करोड २९ लाख पुगेको हो ।
त्यसैगरी कम्पनीको वितरणयोग्य नाफा रु. १ अर्ब ७३ करोड ५० लाख रहेको छ । एनएफआरएस प्रणालीअनुसार कम्पनीले आर्जन गरेको खुद नाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । यही नाफाबाट कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछ ।
त्यसैगरी गत आवको चौथो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रु. ३० दशमलव ६५ र मूल्य आम्दानी अनुपात १५ दशमलव ६३ गुणा रहेको छ । बिहीबार कम्पनीको शेयर मूल्य रु. ५९० दशमलव ५० कायम भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा ४ रुपैयाँ ५० पैसाले कमी आएको हो ।
निष्कर्ष
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो टुप्पी र छोटो पुच्छर भएको कालो शरीरको मैनबत्ती बनेको छ । हेर्दा इन्भर्टेड ह्याम्मरजस्तो देखिने यो आकृतिले बजारमा आगामी दिनमा कम्पनीको शेयर मूल्य घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ६५ दशमलव ३८ बिन्दुमा छ ।
यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ३ दशमलव ९० बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ ।
बिहीबारको शेयरमूल्य रु. ५९० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ५६८ मा टेवा पाउने र महँगिए रु. ५९७ मा प्रतिरोध पाउने देखिन्छ ।