ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लक्ष्मी बैंक : कम्पनी विश्लेषण (सोमवार, ७ भदौ २०७८)

२०७८ भदौ, ७  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीले गत आवको चौथो त्रैमासमा रु. १ अर्ब ५४ करोड १३ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा कम्पनीको नाफा ९ प्रतिशतले वृद्धि भएको हो ।

अघिल्लो आवमा कम्पनीले रु. १ अर्ब ४१ करोड १५ लाख खुद नाफा आर्जन गरेको थियो । गत आवमा कम्पनीको सञ्चालन नाफामा वृद्धि भएसँगै नाफा बढेको हो । सञ्चालन नाफा अघिल्लो आवको तुलनामा गत आवमा ९ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी कम्पनीको वितरणयोग्य नाफा रु. १ अर्ब ३६ लाख ७३ हजार रहेको छ । यस आधारमा कम्पनीको लाभांश क्षमता ९ दशमलव ३८ प्रतिशत रहेको छ ।

एनएफआरएस प्रणालीअनुसार कम्पनीले आर्जन गरेको खुद मुनाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । कम्पनीको प्रतिशेयर आम्दानी रु. १४ दशमलव ४१, मूल्य आम्दानी अनुपात २७ दशमलव ४१ गुणा, तरलता अनुपात १३ दशमलव ८० प्रतिशत र प्रतिशेयर नेटवर्थ रु. १५७ दशमलव ३२ रहेको छ ।

बिहीबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ३९८ कायम भएको छ ।

निष्कर्ष
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा इन्भर्टेड ह्याम्मर बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको हालको प्रवृत्तिमा रिभर्सलको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४४ दशमलव ५९ बिन्दुमा छ ।

यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ३ दशमलव ८५ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ ।

बिहीबारको शेयर मूल्य रु. ३९८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३८७ मा टेवा पाउने र महँगिए रु. ४१४ मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)