ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल बैंक : कम्पनी विश्लेषण (सोमवार, ७ भदौ २०७८)

२०७८ भदौ, ७  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीको शेयर मूल्य बिहीबार प्रतिकित्ता रु. ५५९ कायम भएको छ । उक्त दिन कम्पनीको ५ लाख १३ हजार ६०५ कित्ता शेयर खरिद बिक्री भएको हो । गत आवमा कम्पनीको वितरणयोग्य नाफा रु. ३ अर्ब ४९ करोड ७० लाख रहेको छ ।

यही नाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछ । एनएफआरएस प्रणालीअनुसार कम्पनीले आर्जन गरेको खुद नाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो ।

गत आवमा कम्पनीले रु. ३ अर्ब ६ करोड ५४ लाख खुद नाफा आर्जन गरेको हो । यो नाफा अघिल्लो आवको तुलनामा ३१ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले अघिल्लो आवमा रु. २ अर्ब ३३ करोड २८ लाख नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो ।

निष्कर्ष
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा आगामी दिनमा कम्पनीको शेयर मूल्यमा बुलिसमा रिभर्स हुन सक्ने संकेत गर्छ । आरएसआई ओभरबौज्ट जोन ७९ दशमलव ७१ बिन्दुमा छ ।

यसले शेयर खरिद चाप उच्च रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ८ दशमलव ५७ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीबारको शेयर मूल्य रु. ५५९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ५०८ मा टेवा पाउने र महँगिए रु. ५६४ मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)