गत आर्थिक वर्षको चौथो त्रैमाससम्म एनआईसी एशिया कम्पनीले रु. ३ अर्ब २५ करोड १० लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष रु. ३ अर्ब ९ करोड ८५ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष ४ दशमलव ९२ प्रतिशत बढी यो नाफा गरेको हो ।
यस अवधिसम्म कम्पनीले ८ दशमलव २१ प्रतिशत बढी रु. ४ अर्ब ७९ करोड ८८ लाखभन्दा बढी सञ्चालन नाफा गरेको छ । कम्पनीको वितरणयोग्य नाफा भने ३३ दशमलव ३८ प्रतिशत वृद्धि भई रु. १ अर्ब ९२ करोड १७ लाखभन्दा बढी रहेको छ ।
वितरणयोग्य नाफाको आधारमा कम्पनीको प्रतिफल १६ दशमलव ६२ प्रतिशत देखिएको छ । १९ प्रतिशत बोनस शेयर वितरण गरी रु. ११ अर्ब ५६ करोड ४० लाख ५ हजार चुक्ता पुँजी पु¥याएको कम्पनीको जगेडा कोष रकम रिटेन्ड अर्निङसहित २१ दशमलव ३१ प्रतिशत बढी रु. ९ अर्ब १२ करोड ७९ लाखभन्दा बढी कायम भएको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी रु. २८ दशमलव ११ र प्रतिशेयर नेटवर्थ रु. १७९ रहेको छ । कम्पनीको प्रतिशेयर मूल्य रु. ९६९ रहेको छ ।
निष्कर्ष
कम्पनीको ६३ दिने कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा आगामी दिनमा कम्पनीको शेयर मूल्यमा बुलिसमा रिभर्स हुन सक्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४० दशमलव ९० बिन्दुमा छ ।
यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन १३ दशमलव १६ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ ।
यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ ।
बिहीबारको शेयर मूल्य रु. ९६९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ९५६ मा टेवा पाउने र महँगिए रु. १ हजार १५ मा प्रतिरोध पाउने देखिन्छ ।