ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एभरेष्ट बैंक : कम्पनी विश्लेषण (मंगलवार, ८ भदौ २०७८)

२०७८ भदौ, ८  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रु. १ अर्ब ८२ करोड ८२ लाखभन्दा बढी खुद नाफा गरेको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत वर्ष २७ दशमलव ३४ प्रतिशत कम खुद नाफा गरेको हो ।

अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले रु. २ अर्ब ५१ करोड ६२ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्ष बैंकको सञ्चालन नाफा २६ दशमलव ९६ प्रतिशत कम भएको छ ।

खुद ब्याज आम्दानी २५ दशमलव ४३ प्रतिशतले घटेकाले गत वर्ष कम्पनीको सञ्चालन नाफामा असर परेको हो । गत चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रु. २ अर्ब ३६ करोड ४९ लाखभन्दा बढी रहेको छ ।

अघिल्लो वर्षभन्दा गत वर्ष बैंकको वितरणयोग्य नाफा ४१ दशमलव ३५ प्रतिशत वृद्धि भएको हो । गत वर्ष ५ प्रतिशत बोनस शेयर वितरण गरी बैंकको चुक्ता पुँजी रु. ८ अर्ब ९३ करोड ३७ लाख १७ हजार पुगेको छ भने रिटेन्ड अर्निङसहित जगेडा कोष रकम रु. ११ अर्ब ७५ करोड १५ लाखभन्दा बढी कायम भएको छ ।

चौथो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी रु. २० दशमलव ५६ र प्रतिशेयर नेटवर्थ रु. २३२ दशमलव ५८ छ । पछिल्लो अन्तिम कारोबार दिन बैंकको शेयर मूल्य प्रतिकित्ता रु. ७५९ कायम भएको छ ।

निष्कर्ष
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा लङ लेग्ड डोजी बनेको छ । यो आकृतिले बजारमा आगामी दिनमा कम्पनीको शेयर मूल्य घट्ने वा बढ्नेमा अन्योल रहेको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४९ दशमलव ७२ बिन्दुमा छ ।

यसले शेयर खरिद विक्री  चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन २ दशमलव ३४ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा काटिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ ।
गत बिहीबारको शेयर मूल्य रु. ७५९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ७४९ मा टेवा पाउने र महँगिए रु. ७७२ मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)